ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्खुको सनराइज अपार्टमेन्टमा सट्टेबाजीको अखडा, पाँच भारतीयसहित १७ जना पक्राउ


abc news
२० जेष्ठ २०८२, मंगलबार   ५ : २८   बजे

काठमाडौ २० जेठ । काठमाडौँको नक्खुमा रहेको सनरानइज अपार्टमेन्ट र जैनखेलको एक घरमा सट्टेबाजी खेलाउने गिरोह फेला परेको छ। पाँच भारतीय र १२ नेपालीले त्यहाँबाट अनलाइन जुवा सट्टेबाजी खेलाउने गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ ४० पैसा बराबरको अनलाईन जुवा कारोबार गरेको प्रहरीको दाबी छ।

विभिन्न देशका नागरिकहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्क गरी अनलाइनएप मार्फत जुवा खेलाउने गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

विशेष सूचनाको आधारमा ललितपुरको, ललितपुर महानगरपालिका २६ जैनखेल भ्युटावरस्थित घर र नख्खु स्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर व्यवसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने गरेको प्रहरीको दाबी छ।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको एसपी आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको बिहार राज्य छप्रा जिल्ला मसरथ थानाका २६ वर्षीय दिपक कुमार सिंह, २० वर्षका ऋषम राज, २५ वर्षका अंकित कुमार सिंह, २५ वर्षकै धिरज कुमार सिंह र सोही उमेरका मोहित कुमार सिंह रहेका छन्।

यस्तै, डोटीको पूर्वीचौकी गाउँपालिका–४का २६ वर्षीय ठक्कर कुँवर, २३ वर्षीय सुवाश खड्का, सोही उमेरका हर्क बहादुर खड्का र ३० वर्षीय तिलक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासी ९पूर्व० गैँडाकोट नगरपालिका–१२ का जोर्डन भन्ने जित बहादुर महतो २६ वर्ष०, कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का राजेन्द्र बहादुर महता ३० वर्ष०, अछामको साँफेबगर नगरपालिका–७ का विकास थापा २१ वर्ष०, साँफेबगर ९ का डायमन्ड कुँवर २९, अछामकै चौरपाटी गाउँपालिका–७ का मनोज बोगटी २१ वर्ष०, कैलालीको गौरीगंगा नगरपालिका–६ का अरविन खड्का २१, रुपन्देहीको तिलोतमा नपा–३ का पूर्ण दर्लामी २६, र दाङको लमही नगरपालिका–१ का विष्णु कुमार राउत २४ वर्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group