ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कार्यालयले गण्डकीलाई पठायो राइड सेयरिङ नियमावली स्थगन गर्ने पत्र


abc news
२० जेष्ठ २०८२, मंगलबार   ६ : १३   बजे

काठमाडौ २० जेठ । संघीय सरकारले सार्वजनिक यातायात व्यवसायीसँगको सहमतिअनुसार गण्डकी प्रदेश सरकारलाई तत्कालका लागि राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न पत्र पठाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले व्यवसायीसँग वार्ता गरेपछि बनेको सहमतिअनुसार गण्डकी सरकारलाई पत्र पठाएको हो।

केन्द्र सरकारबाट पठाएको पत्र गण्डकी प्रदेशमा मंगलबार साँझ सवा ५ बजे पुगेको मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले जानकारी दिए। यसको जवाफबारे प्रदेश सरकार छलफलमा रहेको उनले बताए।

प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली बनाएर कार्यान्वयनको सुरसार गरेपछि यातायात व्यवसायी आक्रोशित भएका थिए। उनीहरुले देशैभर सार्वजनिक यातायातका साधन सञ्चालन ठप्प पारेका छन्। काठमाडौं उपत्यकामा समेत दुई दिनयता सार्वजनिक यातायात ठप्पप्रायस् बनेको छ।

सोसँग संघीय सरकारले व्यवसायीलाई वार्तामा बोलाएको थियो। सोमबार गृह मन्त्रालय र भौतिक विकास तथा यातायात मन्त्रालयमा भएको वार्तापछि राति नियमावली स्थगन गर्न संघ सरकारले प्रदेशलाई पत्र पठाउने सहमति जुटेको थियो।

के छ पत्रमा ?
केन्द्र सरकारले गण्डकीमा पठाएको पत्रमा जनजीवन असहज भएकाले नियमावलीमा भएको राइड सेयरिङसम्बन्धी प्रावधान हाललाई स्थगित गर्न भनिएको छ।

‘जनजीवन असहज भइरहेको सन्दर्भमा यातायातसँग सम्बन्धित संघसंगठनको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवनलाई सामान्यीकरण गराउनका लागि गण्डकी प्रदेश सरकारलाई नियमावलीमा राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगित गर्न मन्त्रीस्तरको निर्णयअनुसार अनुरोध भई आएकाले निर्णय कार्यान्वयनका लागि पठाइएको छ’, पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारमा ढिलाइ, सकुशल भेटिने आश क्षीण

ज्येष्ठ नागरिक जिल्ला संघ बागलुङको स्थापना दिवसमा फलफूल वितरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu