बैतडी, १३ चैत । चौलानी नदीमा डुबेर एसइई दिने एक विद्यार्थीको मृत्यु भएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका ३ मौलाबगरको चौलानी नदीमा डुबेर डिलासैनी गाउँपालिका ६ बागगोठका १८ बर्षीय राजेन्द्र कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेटीगाउँमा माविमा कक्षा १० पढ्ने विद्यार्थी कठायत दुर्गा मावि सिमार केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिईरहेका थिए ।
आज विज्ञान बिषयको परीक्षा दिइसकेपछि नुहाउन गएका कठायतको दिउँसो साढे एक बजेको समयमा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कान्तिराज जोसीले जानकारी दिनुभयो ।
घटनाका बारेमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरीटोली घटनास्थल तर्फ गएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्