ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियार विधेयक अड्किएकोमा कांग्रेस सांसद असन्तुष्ट


abc news
२१ जेष्ठ २०८२, बुधबार   १२ : ३३   बजे

काठमाडौ २१ जेठ । अख्तियार दुरुपयोग आयोग ऐन संशोधन विधेयक संसदीय समितिमा अड्किएकोमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद नै असन्तुष्ट भएका छन् ।

बुधबार यो विषय प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उठेको छ । अख्तियार विधेयक यही समितिमा अड्किएको छ ।

नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियार विधेयक अड्किएकोमा असन्तुष्टि जनाए । ‘अख्तियार विधेयकको बारेमा धेरै बोलिन । आफूलाई पर्ने कुरामा कोही तयार छैन । अर्कोलाई पार्ने कुरामा सदनदेखि सडकसम्म विरोध गरेर अगाडि बढ्ने परिस्थिति छ’, उनले भने ।

नीतिगत निर्णय समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा आउने गरी विधेयकको प्रतिवेदन तयार भएको छ । यही विषय विधेयकमा राखिएका कारण अगाडि बढ्न नसकेको थानीको भनाइ छ । ‘नीतिगत निर्णयको कुरा अलिकति आएको थियो विधेयक रोकियो’, उनी थप्छन्, ‘ललित निवास के हो रु पतञ्जली के हो रु पोखरा विमानस्थल के हो रु भैरहवा विमानस्थलको कुरा के हो रु त्यही होइन रु’

अख्तियार विधेयक अगाडि बढाउन समिति सभापति रामहरि खतिवडालाई उनको आग्रह छ । अगाडि भन्छन्, ‘सभापति ज्यु मर्का बुझिदिनुस् । चिया बगान त्यही होइन । नेपाल ट्रस्टको जग्गाको कुरा के हो त्यही होइन रु’

विधेयक रोकेको दोष नबोक्न समिति सभापति खतिवडालाई उनको सुझाव छ । ‘क्याबिनेटले जे गरे पनि हुने रु अरु सबै थुनिनुपर्ने मन्त्रिपरिषदले जे गरे पनि हुने रु मन्त्रिपरिषद्‍लाई छुन नपाउने कानुन बनाउने कुरा गलत छ’ उनी थप्छन्, ‘सभापति ज्यु दोष तपाई पनि नलिनुस् ।’

अख्तियार ऐन संशोधन विधेयक ६ माघ २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको थियो । २७ चैत २०७९ मा राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधि सभामा आए।

त्यसपछि प्रतिनिधिसभाले सैद्धान्तिक छलफल गरेर ३१ भदौ २०८० मा दुवै विधेयकलाई राज्य व्यवस्था समितिमा पठाएको थियो । यो विधेयकमाथि राज्य व्यवस्था समितिले संसदीय उपसमिति बनाएर छलफल चलाएको थियो ।

उपसमितिको संयोजकमा कांग्रेस सांसद थानी नै थिए । २५ कातिक २०८१ मा गठित संसदीय उपसमितिले विधेयकको प्रतिवेदन ४ पुस २०८१ मा मूल समितिलाई बुझाएको थियो । त्यसपछि विधेयक अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group