ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाईसीएल सम्मेलनका प्रतिनिधि बल्ल टुंगिँदै, सहमति नजुटे आजै चुनाव


abc news
२१ जेष्ठ २०८२, बुधबार   १२ : ५७   बजे

काठमाडौ २१ जेठ । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन योङ कम्युनिस्ट लिग वाईसीएल को तेस्रो सम्मेलन जारी छ । तर, प्रतिनिधिको टुंगो अझै लागिसकेको छैन ।

सहमतिबाट नेतृत्व चयन हुन नसके मतदान प्रक्रियाबाट निर्वाचित कमिटी ल्याउने तयारी भएकाले सम्मेलनका प्रतिनिधिको टुंगो लगाउने तयारी हुँदैछ ।

वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ का अनुुसार प्रतिनिधिहरूको रुजु गर्ने कार्य जारी रहेको छ । ‘प्रतिनिधिहरूको रुजु गर्ने भइरहेको छ । प्रतिनिधि फाइनल गरेपछि मात्रै सहमतिमा कि निर्वाचनबाट नेतृत्व चयन गर्ने चरणमा प्रवेश गर्नेछौं,’ दीपशिखाले भने ।

महाधिवशेनका लागि प्रारम्भिक नामावली १६ सय थियो । सःशुल्क कार्ड लिनेहरूको आधारमा प्रतिनिधि टुंगो लाग्ने संगठनका नेताहरूले जानकारी गराएका छन् ।

प्रतिनिधिका लागि सःशुल्क कार्ड लिनेको संख्या एक हजारदेखि १२ सयसम्म हुने जानकारी गराइएको छ ।

आइतबारबाट सुरु भएको वाईसीएलको तेस्रो सम्मेलनमा अध्यक्षका आकांक्षी १३ जना छन् । केन्द्रीय समिति र पदाधिकारी बैठकमा आकांक्षीहरूको नाम संकलन गर्दा अध्यक्षका लागि १३ जनाले नाम टिपाएका थिए ।

महासचिवमा ८ ले इच्छा देखाएका छन् । पदाधिकारीमा ९९ जनाले आकांक्षा देखाएका छन् । उपाध्यक्ष केहरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, कर्म पुलामी, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौरागलगायत अध्यक्षको आकांक्षी छन् ।

यी मध्ये कुँवर, ओली, ऐर, शाही र पुलामी अध्यक्षको बलियो दाबेदार रहेको संगठनका नेताहरू बताउँछन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति हुन नसके निर्वाचनमा जान संगठनका नेताहरूलाई निर्देशन दिएका छन् । वाईसीएल इञ्चार्ज दीपशिखाका अनुसार प्रतिनिधिको टुंगो लागेपछि केही समय सहमति खोज्नका लागि प्रयास हुने र सहमति हुन नसके आजै निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group