ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाको बैठकअघि आन्तरिक छलफलमा दलहरू


abc news
२१ जेष्ठ २०८२, बुधबार   १ : ००   बजे

काठमाडौ २१ जेठ । प्रतिनिधि सभाको बैठक अगाडि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यस अगाडि दलहरू सदनको अवरोधको विषयमा आन्तरिक छलफलमा जुटेका हुन् । सत्तापक्ष भिजिट भिसाबारे उठेको प्रश्नमा गृहमन्त्रीले संसदमा जवाफ दिन पाउनुपर्ने मागमा छ ।

विपक्षी दलहरू गृहमन्त्रीको राजीनामाको मागमा लचक भएका छन् । तर, छानबिन समिति वा आयोग बनाउनुपर्ने उनीहरूको सर्त छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा पैसा लिने गरेको र यस्तो कार्यमा गृहमन्त्रालयकै अधिकारीहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ । विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि नै नैतिक प्रश्न उठाएका छन् ।

यो विषयमा कुरा नमिल्दा प्रतिनिधि सभाको बैठकमा निरन्तर अवरोध भइराखेको छ । प्रतिनिधि सभाको बैठकमा अवरोध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको छ । विपक्षी दलहरू भिजिट भिसाका नाममा अनियमितता भइराखेको सरकारले स्वीकार गरेर छानबिनका लागि तयार भए सदनको अवरोध खुल्ने बताइरहेका छन् ।

तर, सत्तापक्ष गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नमा जवाफ दिएपछि मात्रै छानबिन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुन सक्ने तर्क गरिरहेका छन् । यी दुई थरी मतका बीचमा मिलन बिन्दु के हुन सक्छ भनेर दलहरू आन्तरिक छलफलमा रहेका हुन् ।

सभामुख देवराज घिमिरेले सभाको बैठक अगाडि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् । उक्त बैठकमा सहमति जुटे आजै प्रतिनिधि सभामा गृहमन्त्रीले जवाफ दिनेछन् ।

संसद सचिवालयकाअनुसार प्रतिनिधि सभामा बोल्नका लागि गृहमन्त्रीले यसअगाडि नै समय मागिसकेका छन् । समय मागिसकेकाले दलहरूबीच सहमति भएको खण्डमा गृहमन्त्रीले संसद्मा बोल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group