ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको आदेशबारे अग्नि सापकोटा : ‘आ–आफ्नै ढंगले गरिएको प्रचारमा सत्यता छैन’


abc news
२२ जेष्ठ २०८२, बिहिबार   १ : २०   बजे

काठमाडौ २२ जेठ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आफूविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे अहिले छलफल आवश्यक नभएको बताएका छन् ।

सर्वोच्च अदालतको आदेशको पूर्णपाठ आइसकेपछि त्यसलाई अध्ययन गरेर मात्र छलफल गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘पूर्णपाठ आओस् अनि थप कुरा गरौंला अहिले मेरो भन्नु केही छैन ।’

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुको जिज्ञासामा पनि सापकोटाले त्यही धारणा दोहोर्‍याए ।

आजको बैठकमा सर्वोच्चको आदेशबारे के छलफल भयो भन्ने जिज्ञासामा सापकोटाले भने, ‘कुनै पनि कुराको टिप्पणी गर्दाखेरि त्यसको पूरै अध्ययन गर्नुपर्छ । अहिले त लिखित पनि आएको छैन ।’

उनले अहिले आ–आफ्नै ढंगले प्रचार भइरहेको र ती प्रचारमा धेरै सत्यता पनि नभएको उनले प्रतिक्रिया दिए ।

‘त्यो प्रचारमा पनि त्यति धेरै सत्यता छैन । आफ्नै हिसाबले प्रचार गरेका छन्,’ उनले भने, ‘पूर्णपाठ आइसकेपछि त्यसलाई राम्रोसित अध्ययन गरिसकेपछि राम्रोसित धारणा व्यक्त गर्ने कुरा नै ठिक हुन्छ । किनभने यो अदालती कुरा हो । अधुरो, अंशमा, अपूर्ण कुरामा टिप्पणी गर्नु त्यति परिपक्वता देखिँदैन । त्यसकारण पूर्णपाठ आइसकेपछि हामी छलफल गरौंला ।’

द्वन्द्वकालीन मुद्दामा छानबिन गर्ने गरी ऐन र आयोगहरु बनिसकेको भन्दै उनले अदालत त्यसबारे जानकार भएको बताए । उनले भने, ‘यी सबै कुरामा मलाई लाग्छ अदालत पनि जानकार नै छ । यसमा थप टिप्पणी आवश्यक छैन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group