ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वप्रधानमन्त्री माथि पहिलोपटक अख्तियारको ‘फायर’


abc news
२२ जेष्ठ २०८२, बिहिबार   २ : ५७   बजे

काठमाडौ २२ जेठ । अख्तियार अनुसन्धान आयोगले इतिहासमै पहिलोपटक पूर्वप्रधानमन्त्रीविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको र त्यसमा पूर्वप्रधानमन्त्री नेपालले सहयोग गरेको पाइएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी यस्तो मुद्दा खेप्ने हालसम्मकै सर्वोच्च पदाधिकारी बनेका छन्।

२०६६ जेठ ११ देखि २०६७ माघ २२ सम्म उनी प्रधानमन्त्री भएका थिए। तत्कालीन अवस्थामा उनी काठमाडौँ र रौतहट गरी दुईवटा निर्वाचन क्षेत्रबाट पराजित भए पनि मन्त्रिपरिषद्बाट मनोनयन हुने कोटामा संविधान सभा सदस्य भएका थिए।

२०७९ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाल अब सांसद पदबाटै निलम्बनमा परिसकेका छन्।

त्यसो त पूर्वप्रधानमन्त्री नेपाल यसअघि बालुवाटारस्थित ललिता निवासको जग्गा घोटाला प्रकरणमा पनि मुछिएका थिए।

अख्तियारको अनुसन्धानले उनी र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई दोषी देखाए पनि मन्त्रिपरिषद्को निर्णयमा मुद्दा चलाउने अधिकार नभएको भन्दै उन्मुक्ति दिएको थियो। त्यतिखेर अख्तियार प्रमुख नवीन घिमिरे थिए।

त्यस प्रकरणमा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराउन माफियाको प्रभावमा परी मन्त्रिपरिषद्ले विभिन्न चरणमा निर्णय गरेको पाइएको थियो।

उक्त प्रकरणमा धेरै कागजातहरू नक्कली तयार गरेको पाइएपछि लिखतसम्बन्धी कसुरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मुद्दा चलाएको थियो। त्यतिखेर नेपालको घरैमा गएर नेपालसँग बयान लिए पनि उनलाई प्रतिवादी भने बनाइएन।

उनी र बाबुराम भट्टराईविरूद्ध पनि मुद्दा चलाउनुपर्ने माग गरी दायर गरिएको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

यसपालि पनि नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबाट सिर्जित भ्रष्टाचार प्रकरण नै अख्तियारले अदालत लैजाँदै छ। त्यसैले उनका लागि यो दोस्रो खड्गो बन्न पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group