ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाउन्नेमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल सडकको यात्रा कष्टकर


abc news
२२ जेष्ठ २०८२, बिहिबार   ३ : ३९   बजे

काठमाडौ २२ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम समयमा पूरा नहुँदा नवलपुरको दाउन्ने क्षेत्रमा यात्रुले सास्ती खेप्नुपरेको छ । तीन वर्षमा सक्नेगरी २०७५ सालमा ठेक्का सम्झौता भएको सडक सात वर्षदेखि निर्माणाधिन रहँदा यात्रुले सास्ती खेपिरहनु परेको हो ।

दाउन्नेमा घण्टौं जाम र कष्टपूर्ण यात्रा त्यो सडक हुँदै यात्रा गर्ने सबैले भोग्नुपरेको छ । अहिले दाउन्ने पार गर्न घण्टौ लाग्ने गरेको छ । पुल भाँचिएपछि बनाइएका अस्थायी डाइभर्सन र सामान्य पानी पर्दा पनि चिप्लिने दाउन्नेको सडकले निर्धारित समयमा गन्तब्यमा पुग्न असम्भव जस्तै भएको छ । बर्दघाटबाट दुम्कीवास आउजाउ गर्न १२ घण्टासम्म जाममा बस्नु परेको यात्रुहरु बताउँछन् ।

दाउन्नेको सडक विस्तारका लागि भन्दै एक महिनासम्म राति पाँच घण्टा र पाँच दिनसम्म दिउँसो पाँच घण्टा गाडीको आवागमन रोकेर काम गरिएपनि काममा खासै प्रगती भएको छैन । त्यसैले यो वर्षायाममा यात्रुले झनै समस्या भोग्नुपर्ने संभावना छ ।

सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी, इन्जिनियर शिव खनाल वर्षाअघि सकेसम्म दाउन्नेसहित सबै बाटोको एकतर्फी कालोपत्रे गरिसक्ने नभ्याएमा दाउन्ने बाहेकको काम सक्ने लय भए पनि अब त्यो लक्ष्य टाढा बन्दै गएको बताउनुहुन्छ । वर्षा लागिसक्दा पनि चोरमारा, आरुङखोला, दुम्किवासको मुख्य सडक एकतर्फी पनि कालोपत्रे हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu