ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकार दुरुपयोग भएको विषयमा अख्तियारको छानबिनलाई आश्चर्य नमानौं – सरकारका प्रवक्ता


abc news
२३ जेष्ठ २०८२, शुक्रबार   २ : ४५   बजे

काठमाडौ २३ जेठ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अधिकार दुरुपयोग गरिएका कुनै पनि विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु आश्चर्यजनक नभएको प्रतिक्रिया दिएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले अख्तियारले छानबिन गरेर मुद्दा अभियोजन गरेको विषयमा टिप्पणी गर्नु उचित नभएको बताए ।

‘अधिकार दुरुपयोग गरिएका कुनै पनि घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नु अनौठो होइन,’ उनले भने ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

त्यसको भोलिपल्ट सूचना तथा सञ्चार प्रविधिमन्त्री गुरुङको यस्तो भनाइ आएको हो ।

फरक प्रसंगमा उनले संसद्को गतिरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । गतिरोध अन्त्य भएर चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन र शिक्षा ऐन जारी हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री गोविन्दराज जोशी जेल नबसी कैद भुक्तान

सरकार बाटो बिराए पार्टीले सही ठाउँमा ल्याउँछ : रवि लामिछाने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu