ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललगायत ९३ जनाविरूद्ध लगाइएको मुद्दामा नेपाल सरकारको कुनै हात छैन – गगन थापा


abc news
२३ जेष्ठ २०८२, शुक्रबार   २ : ५३   बजे

काठमाडौ २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत ९३ जनाविरूद्ध लगाइएको मुद्दामा नेपाल सरकारको कुनै हात नभएको बताउनु भएको छ ।

संविधानले बनाएको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको भन्दै अदातलमा अभियोजनमा गएको मुद्दामा टिकाटिप्पणी नगर्ने बताउनु भयो । अदालतले दोषीलाई नछाड्ने र निर्दोषलाई अन्याय हुन नदिने स्पष्ट पानुभयो ।

उहाँले भिजिट भिषा प्रकरणका बिषयमा संसद्मा कुरा उठेकाले त्यहाँका केही कर्मचारीका विषयमा अख्तियारले नै अनुसन्धान गरिरेहकाले अहिले नै यस विषयमा बोल्नु भन्दा अनुसन्धानलाई कुनै पनि निकायले प्रभावित गर्न नदिने गरी काम गराउन कांग्रेस पार्टी लागेको बताउनु भयो ।

अहिलेको सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, त्यो गतिमा काम गर्न नसकेको बताउँदै नेपाली कांग्रेस पार्टीमा निरन्तर रूपमा यस विषयमा छलफल भैरहेको उहाँको भनाई थियो । सत्तामा नेपाली कांग्रेस पनि भएकाले नेपाली जनताको अपेक्षा अनुसारको काम गराउन कांग्रेस लागि रहेको बताउनु भयो ।

संविधान संसोधनको विषयका लागि छिट्टै समिति निर्माण गरी काम अगाडि बढाउन सत्ता(साझेदार दलहरू एक ठाउँमा उभिएको बताउनु भयो । नेपाली कांग्रेसको १५औं महाधिवेशनको कुरा गर्ने समय नआइसकेको भन्दै १४ महाधिवेशनले दिएको जिम्मेवारी पूरा गर्न लागेको पनि उहाँले बताउनु भयो ।

२०८३ साल मंसीर महिना भन्दा अगाडि महाधिवेशनको मिति सार्न नमिल्ने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group