ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधवमाथि मुद्दाबारे प्रचण्ड : प्रधानमन्त्रीमा राजनीतिक प्रतिशोधको गन्ध आयो


एबीसी न्यूज
२३ जेष्ठ २०८२, शुक्रबार   ६ : २७   बजे

काठडमाडौं, २३ जेठ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा प्रचण्डले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ । अख्तियारले पनि कहीँ न कहीँ गम्भीर प्रश्न जन्माएको छ,’ उनले भने ।

‘अख्तियारले कुनै पनि प्रधानमन्त्री र मन्त्रिपरिषद्‍ले गर्ने निर्णय नीतिगत विषय आफ्नो अधिकारको क्षेत्र नभएको भनेको छ । ललिता निवास प्रकरण सम्बन्धमा बाबुराम भट्टराई र माधव नेपालको विषयमा जे प्रश्न उठेको थियो यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन त्यो क्याबिनेटले नै गरोस् भनेर अख्तियारले लेखेको चिठी म आफैंले हेरेको छु । तर अहिले त्यही अख्तियार माधवजीले गरेको नीतिगत निर्णयको विषयमा प्रवेश गरेको छ । यसले प्रश्न उठेको छ,’ प्रचण्डले भने ।

‘माधवजीको विषयमा स्वयं उहाँ नै आश्चर्यमा पर्नुभएको छ । उहाँले अदालतले न्याय दिन्छ म छिट्टै सफाइ पाएर फर्कन्छु भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । मैले पनि अदालतले पक्कै पनि न्याय गर्छ भन्ने लागेको छ,’ उनले भने ।

०६४ सालदेखिका सबै प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि छानबिन होस् भन्ने आफूहरूले चाहेको उनको भनाइ छ । यसरी छानबिन प्रक्रिया अगाडि बढाउँदा जो कोही पनि छानबिनको दायरामा आउने उनको भनाइ छ । तर नीतिगत र सैद्धान्तिक रूपले यो विषय ठिक होकि होइन भनेर बहस चाहिँ गर्नु जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group