ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी र एमाले फुट्नु गल्ती भयो, यसलाई राजावादी उपयोग गर्न खोज्दै छन्- सुदन किराँती


abc news
२४ जेष्ठ २०८२, शनिबार   ३ : ३१   बजे

काठमाठौ २४ जेठ । नेकपा माओवादी केन्द्रका नेता सुदनकिराँती ले माओवादी र एमाले मिलेर बनेको नेकपा फुट्नु आफूहरूको गल्ती भएको बताएका छन्।

माओवादी र एमालेको एकता फुटेदेखि नै राजनीतिक अस्थिरता उत्पन्न भएको र त्यसलाई राजावादीले अवसरका रूपमा उपयोग गर्न खोजेको दाबी पूर्वमन्त्री किराँतीले गरेका छन्।

‘देशका ठूला कम्युनिस्ट पार्टी माओवादी र एमाले एक भयौँ। एउटा गतिमा नपुग्दै फुट्यौँ। फुट्नु हाम्रो गल्ती भयो। यसबाट राजनीतिक अस्थिरता भयो। अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो’, रासससँगको अन्तर्वार्तामा नेता किराँती ले भनेका छन्, ‘उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दै छन्। यतिमै राजवादीले स्थान लिन सक्ने अवस्था देखिँदैन। तर, यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ।’

प्रश्नस् मुलुकमा राजनीतिक परिवर्तन ल्याउनका लागि एक भएर लडेका दलहरूबीच पछिल्लो समय ससाना विषयले दूरी बढाउँदै छन्। मुलुकलाई पछाडि फर्काउने चाहने शक्तिहरूले त्यही ‘स्पेस’मा खेल्न खोजिरहेको देखिन्छ। दलहरूको गतिविधिले नै त्यसलाई प्रेरित गरेको जस्तो लाग्दैनरु

किराँतीको जवाफस् संविधान निर्माणसँगै दलहरूका बीचमा समीक्षा हुनुपर्थ्यो। अथवा संविधान निर्माणअघि नै हामीले त्यो ‘बटमलाइन’ बनाउनुपर्थ्यो। हामी त्यहीँदेखि नै चुक्दै आयौँ। नेपाली राजनीतिमा पछिल्लो १८ वर्षमा तीनवटा घुम्तीमा हामी चुक्यौँ। पहिलो, दलहरू मिलेर मात्रै निरंकुश राजतन्त्रलाई परास्त गरेका हामीले संविधान निर्माणपश्चात् गणतन्त्रलाई जवानी बनाइन्जेलसम्मका लागि सहकार्यमै आर्थिक विकास गरौँ।

आर्थिक विकासको एजेन्डा तथा शिक्षा, स्वास्थ्य, रोजगार र भ्रष्टाचार नियन्त्रणमा हाम्रो बटमलाइन यो हो भनेर १० देखि १५ वर्ष सहकार्य गर्छौं भनेर प्रतिबद्धता जनाउनुपर्थ्यो। हामी त्यतातर्फ नगएर सरकार ढाल्ने र बनाउनेतिर मात्रै गयौँ। दोस्रो, शान्ति प्रक्रियामा हस्तक्षर गर्ने दुई पक्ष माओवादी र कांग्रेस थियो। अरू नमिले पनि यी दुई पार्टीले देशको आर्थिक विकासको जग १० वर्षमा बनाउने गरी वाचा गर्नुपर्नेथ्यो। त्यहाँ पनि चुकियो।

तेस्रो, देशका ठूला कम्युनिस्ट पार्टी माओवादी र एमाले एक भयौँ। एउटा गतिमा नपुग्दै फुट्यौँ। फुट्नु हाम्रो गल्ती भयो। यसबाट राजनीतिक अस्थिरता भयो। अस्थिरताकै कारण असन्तुष्टि बढ्दै गयो। उक्त असन्तुष्टिलाई राजावादीले पकड्न खोज्दै छन्। यतिमै राजवादीले स्थान लिन सक्ने अवस्था देखिँदैन । तर, यस्तो बेलामा अर्को कुनै शक्ति उदाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group