ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाजुराको बाम्का बजारमा आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको अनुमान


abc news
२५ जेष्ठ २०८२, आइतबार   ९ : १६   बजे

काठमाडौ २५ जेठ । बाम्का बजारमा अस्ति शुक्रबार भएको आगलागीबाट १५ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बुढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा आगलागीबाट ३१ वटा पसल पूर्ण रूपमा र सात वटामा आंशिक क्षति भएको छ ।

क्षतिपछि पीडितलाई राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बानियाँको संयोजकत्वमा समिति गठन गरेको वडा–६ का अध्यक्ष हेमराज जैशीले जानकारी दिनुभयो ।

दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि तीन तहका सरकार र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरेको त्रिवेणीका मेयर कर्णबहादुर थापाले बताउनुभयो । बाम्का आगलागीपीडितलाई बुढीनन्दा नगरपालिकाले तत्कालका लागि एक लाख राहतस्वरुप सहयोग गरेको छ ।

अस्ति शुक्रवार दिउँसो ग्यास सिलिण्डर पड्किँदा आगलागी भएको थियो । दमकल नभएको र हावाहुरी पनि चलेका कारण आगो तत्कालै निभाउन समस्या भएको थियो । विस्थापित परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला स्थगित हुने संकेत

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu