ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भताभुंग भयो राजावादी आन्दोलन समिति, ‘अहंकारी बुढाहरू’ भन्दै बाहिरिए स्वागत नेपाल


abc news
२५ जेष्ठ २०८२, आइतबार   १० : ११   बजे

काठमाडौ २५ जेठ । राजसंस्था पुनस्स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समिति फुटेको छ।

समितिका प्रवक्ता स्वागत नेपालले आफू यो पदबाट बाहिरिएको संकेत गरेका छन् र अब राजावादी आन्दोलन नयाँ शिराबाट आउने घोषणा गरेका छन्।

‘एकजनाबाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरू थिए, स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताको रूपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो’, नेपालले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उसले सकेसम्म बुढाहरूलाई मिलाउन सम्झाउन प्रयास गर्‍यो। तर बुढाहरूको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुंग पारे, जनभावनालाई तुहाउन प्रयास गरे। तर युवाले तुहिन दिने छैन। आन्दोलन सफल भएरै छोड्ने छ। केही समयको मात्र धैर्य जरुरी छ। हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरू ढुक्क हुनुहोला।’

उनले थप भनेका छन्, ‘अवसरवादी अहंकारी र स्वार्थी बुढाहरूलाई छोडेर अब आन्दोलन नयाँ शिराबाट आउने छ। साँच्चैका स्वतन्त्र नागरिकहरू, जुनसुकै पार्टीमा भए पनि कुनै पनि पार्टीमा नभए पनि चाँडै हुने राष्ट्रिय स्वाधीनताको विद्रोह एउटा वैश्विक महत्त्वको ऐतिहासिक शान्तियुद्ध अवसरवादी र अहंकारी बुढाहरूले नगर्ने भए।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group