ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्- प्रधानमन्त्री ओली


abc news
२५ जेष्ठ २०८२, आइतबार   ४ : २५   बजे

काठमाडौ २५ जेठ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरुले एमाले र नेपाली कांग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताएका छन्।

आइतबार काठमाडौँमा पार्टी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताए।

अब १३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने दाबी गरे। ‘आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनैपनि समय नेतृत्वमा हुँदैनौँ,’ ओलीले भने, ‘अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौँ। हामीले सम्झौता गरेका छौँ।

हाम्रो उद्देश्य मिसन ०८४ यो कुनै अन्योलको अमूर्त कुरा होइन। मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने हो। यो राष्ट्रिय शक्ति त छँदैछ। तर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नुपर्छ, मिसन ०८४ मा।’

उनले थपे, ‘त्यस उद्देश्यका साथ हामी अघि बढेका छौँ। हाम्रा विरोधीहरुले प्रतिक्रियावादी शक्तिहरुले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली कांग्रेसलाई मिसन ०८४ भनेको छ। कांग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्न खोज्छन्।’

नेपाली कांग्रेसले पनि बहुमत ल्याउने भनिरहेको र आफूहरुसँग सहकार्य गरिरहेको उनको भनाइ छ। ‘नेपाली कांग्रेसले पनि बहुमत ल्याउँछु भन्छ हामीसँग सहकार्य गर्दा गर्दै पनि,’ ओलीले भने, ‘हामी पनि भन्छौँ, बहुमत ल्याउँछौँ। कसले ल्याउँछ त्यो आफ्नो ठाउँमा होला।

तर बहुमत ल्याउने दाबी अनेकले गर्दछन्। यतिसम्म की प्रचण्ड त उहाँ ०६४ सालको जस्तै लहर आइसक्यो भनेर के सपना देखिरहेका छौँ। हामी त वास्तवमै मजबुत राष्ट्रिय शक्तिको रुपमा छौँ, लोकप्रिय पार्टीको रुपमा छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल शासकीय अराजकताबाट आक्रान्त छ–गगन थापा

अनिल झा, जनार्दन ढकाल र ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu