ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमतिको भाषामा छलफल जारी


abc news
२६ जेष्ठ २०८२, सोमबार   १ : ०९   बजे

काठमाठौ २६ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता दाबी गरिरहेका प्रतिपक्षी दल र सत्तापक्षबीच छलफल जारी छ। प्रतिपक्षीले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै गृहमन्त्रीको राजीनामासमेत माग्दै जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आइरहेका छन्। उनीहरूले जेठ १५ मा बजेट प्रस्तुत गर्न भने दिएका थिए।

दलहरू आज पनि भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको सदनको गतिरोध अन्त्यका लागि छलफलमा जुटेका छन्। सत्तापक्ष र विपक्षी दलबीच छानबिन समिति बनाउन समझदारी भने भइसकेको छ। तर दलहरूबीच सहमति पत्रको भाषामा भने कुरा मिलेको छैन।

आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठक बस्दैछ। बैठकअघि दलहरू सहमति जुटाउने प्रयासमा छन्। सहमति जुट्ने सम्भावना भने न्यून रहेको नेताहरू बताउँछन्।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दलहरूबीच लिखित सहमतिको भाषाको विषयमा कुराकानी भइरहेको सुनाए। हामी छलफलमै छौँ। आजको संसद् बैठक सञ्चालनको विषयमा सहमतिको प्रयास भइरहेको छ, उनले भने, हामीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्नेमा जोड दिएका छौँ। सत्तापक्ष यसमा तयार भइसकेको अवस्था छैन।

सहमतिको लिखित भाषा टुंग्याउने जिम्मा कांग्रेस(एमालेले पाएका छन्। आज उनीहरूले भाषाको विषयमा छलफल गरिरहेका छन्। माओवादी र रास्वपाले संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति भन्ने शब्द नै उल्लेख गरेर अघि बढ्नुपर्ने अडानमा छन्।

पाण्डेले दुवैपक्षलाई सम्बोधन हुने गरी समझदारी पत्रको तयार हुने विश्वास रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group