ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो’ नेता गच्छदार


admin
१४ चैत्र २०७४, बुधबार   ३ : २५   बजे

विराटनगर, १४ चैत । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गर्नुभयो । “उहाँले नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो स्वतन्त्र राष्ट्रप्रति हस्तक्षेप हो भन्नुभयो । ”

उहाँले संविधानमा आरक्षणको प्रयोग नभएको स्पष्ट पार्दै जनसंख्याको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको सिट निर्धारण भएको हो भन्नुभयो । नेता गच्छदारले सरकारको जिम्मेवार स्थानमा बसेका मन्त्रीबाट शेयरसम्बन्धी टिप्पणीबाट आज शेयर बजार खस्केको छ भन्दै आर्थिक विषयमा ध्यान पु¥याएर बोल्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँंग्रेस संसदीय दलका उपनेता समेत रहनुभएका गच्छदारले वर्तमान सरकारको एक सय दिन पूरा नभएकाले अहिले नै कुनै टिप्पणी नगर्ने बताउनुभयो ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले नेपाली काँग्रसको केन्द्रीय समितिको बैठक अहिले सम्पन्न नभएको महासमिति र महाधिवेशनको कहिले बोलाउने भन्ने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu