ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब म्यान पावर कम्पनी नविकरण गर्दा गुगल लोकेशन अनिवार्य


abc news
२७ जेष्ठ २०८२, मंगलबार   ११ : २२   बजे

काठमाठौ २७ जेठ । अबदेखि इजाजत प्राप्त म्यानपावर संस्था नवीकरण गर्दा गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने भएको छ।

वैदेशिक रोजगार विभागले संस्था रहेको डिजिटल ठेगाना खुल्ने गरी संस्थाको गुगल प्लस कोडसँगै संस्थाको वेब साइटमासमेत अनिवार्य रुपमा राख्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको हो।

यसरी राखिएको लोकेशनले संस्थामा पुग्न चाहने सेवाग्राही र विभागको अनुगमनमासमेत सहजता आउने विश्वास विभागको छ।

एक्काइसौँ शताव्दीमा सूचना प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने भन्दै विभागले यस्तो नियम कार्यान्वयमा ल्याएको हो।

विभागले सोमबार प्रकाशन गरेको सूचनामा वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्था, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्था, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्था, वैदेशिक रोजगारमा जाने कामदारलाई सिपमूलक तालिम प्रदान गर्ने संस्था एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाले कानून बमोजिम तोकिएको समयावधि भित्र इजाजतपत्ररअनुमतिपत्र नवीकरण गर्न पनि अनुरोध गरिएको छ।

अन्यथा कानून बमोजिम कारबही हुने व्यहोरासमेत विभागले सम्बन्धित सबैलाई जानकारी गराएको छ।

सो सूचनाको विस्तृत विवरण विभागको वेभसाइट धधध।मयाभ।नयख।लउ मा प्राप्त गर्न सकिने पनि विभागले जनाएको छ।

विभागले यस अघि प्रत्येक वर्ष सूचना निकालेर कानूनमा भएको व्यवस्थालाई आव्हान गर्ने गरेकोमा यस वर्षदेखि प्रचलित कानूनमा भएको प्रावधान बमोजिम सम्बन्धित संस्थाले अद्यावधि गर्नुपर्ने विभागका महानिर्देशक कमल प्रसाद भटराइले बताए।

कानूनमा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार महिनाभित्र इजाजत प्राप्त संस्था एवं अभिमूखीकरण तालिम प्रदायक संस्था र असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालयहरु नविकरण गर्न पनि विभागले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल सरकारले रोकेको तिब्बती अध्ययन सम्मेलन अब ‘भर्चुअल’ हुने

१० वर्ष सिक्रीमा बाँधिएको जीवनबाट ओमप्रकाशले पाए मुक्ति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu