ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले त्यसो कसरी भन्न मिल्छ ? : विद्या भण्डारी


एबीसी न्यूज
२७ जेष्ठ २०८२, मंगलबार   १२ : ३४   बजे

काठमाडौं २७ जेठ । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्षले आफूलाई गुटबन्दी गरेर हिँडेको भन्नै नमिल्ने चेतावनी दिएकी छन् ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारले तपाईंलाई त एमाले अध्यक्ष ओलीले गुटबन्दी गर्दै हिँडेको भनी आरोप लगाउनुभएको छ नि भनेर प्रश्न गर्दा भण्डारीले आफूले त्यस्तो कहिले नगरेको समेत दाबी गरिन् ।

उनले एमाले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति आफूलाई नै ताकेर नभएको जिकिर गरिन्। उनले भनिन्, ‘नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीज्यूले जे भन्नुभयो, त्यो मलाई नै तोकेर, ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन।’

जवाफमा भण्डारीले भनिन्, ‘म कहिले गुटबन्दी नगरेर मेन स्ट्रिमको पोलिटिक्स (मूल धारको राजनीति) गरिरहेको मान्छे, उहाँले त्यसो भन्नै मिल्दैन। मलाई तपाईंहरूको गलत अर्थ होला भन्ने लाग्छ। सक्रिय राजनीतिमा आउँदा म अध्यक्ष हुने कुरा अरू आकांक्षीहरूलाई मनमा केही प्रश्न उठाएका हुन सक्छ। त्यल्लाई भनेको हो कि ?’

उनले आफू कुनै व्यक्तिगत आकांक्षाले सक्रिय राजनीतमा आउन खोजेको नभई राष्ट्रिय हितका लागि काम गरिरहेको बताइन् ।

उनले भनिन्, ‘मैले त्यस्तो व्यक्तिगत आकांक्षा राखेको छैन, मचाहिँ राष्ट्रिय आकांक्षा पूरा गर्न जहाँ जसरी काम गर्ने हो, मलाई चाहिँ के लाग्छ भने हाम्रा अध्यक्षज्यूले विद्या भण्डारीलाई नै प्रतिस्पर्धी देखेर पछिल्ला धारणाहरू व्यक्त गरिरहनुभएको छ भन्ने मलाईचैँ पटक्कै लाग्दैन। मलाई के लाग्छ भने महाधिवेशन आउँछ, तिमीहरू चिन्ता नगर, हामी मिलाएर गर्छौँ भनेर कार्यकर्तालाई आश्वस्त पार्न खोज्नुभएको हुन सक्छ।’

यस्तै पूर्वराष्ट्रपति भण्डारीले देशभित्र घुमफिर र भेटघाट गर्ने एमाले वा एमालेका नेताहरूसँग अनुमति लिइरहननपर्ने टिप्पणी पनि गरिन्।

‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिले नै पार्टीमा काम गरेको। चिनजान ठूलै छ। पार्टीमा त्यसरी परिचित भएको नेताले कार्यक्रमहरूमा मलाई बोलाउनु स्वाभाविकै हुन्छ’, उनले भनिन्, ‘मैले पनि समाजसँग साक्षात्कार गर्दै गर्नुपर्‍यो, भेटघाट गर्दै गर्नुपर्‍यो, के छ जनताको विचार, आकांक्षाहरूरु नयाँ पुस्ता के चाहन्छन्रु त्यसलाई पूरा गर्न, मैले सुरुमै भनेँ– राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ। त्यो हाम्रो परम कर्तव्य हो। त्यसका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ– नयाँ पुस्ताका लागि देशका लागि। त्यस हिसाबले देशभित्र घुमफिर गर्न मैले नेकपा एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’

फरक प्रसंगमा पूर्वराष्ट्रपति भण्डारीले पार्टी–पार्टीबीचमै अविश्वास भएकाले वामपन्थी एकता सम्भव नभएको टिप्पणी गरिन् ।

‘वाम एकताको पहिलादेखि नै चर्चा परिचर्चा हुँदै आएको छ’, उनले भनिन्, ‘समयको आवश्यकताले हुने कुरा हो, तर वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन।’

पूर्वराष्ट्रपति भण्डारी यही जेठ २२ गते विराटनगर आएकी थिइन्। जेठ २३ गते विराटनगरमा उपप्रमुख उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गरेर झापा गएकी भण्डारीले त्यहाँ एमालेका नेता–कार्यकर्ताहरूसँग भेटघाटमा दुई दिन समय विताइन् ।

उनी आइतबार साँझ विराटनगर फर्केकी थिइन्। सोमबार उनी १२ वर्षपछि आफ्नो घरमा पुगिन्। जहाँ मदन भण्डारी फाउन्डेसनले अन्तरक्रिया कार्यक्रम गरेको थियो। पूर्वमा उनले ५ दिन बिताइन्। यस अवधिमा उनले अधिकांश समय एमाले नेता–कार्यकर्ता तथा एमालेनिकट संघसंस्थाका प्रतिनिधिहरूसँग छलफलमा बिताइन्। यसअघि उनी दुईवटा कार्यक्रम– उपप्रमुख÷उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन र बिर्तामोडमा विज्ञान प्रविधि प्रदर्शनी कार्यक्रमका लागि मात्रै भनेर पूर्व आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group