ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड


एबीसी न्यूज
२८ जेष्ठ २०८२, बुधबार   ११ : २३   बजे

दाना,म्याग्दी २८ जेठ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन् ।

अन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताए ।

‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ’, उनले भने ।

साथै उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको उनले बताए । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष प्रचण्डले बताए ।
कास्की, पर्वत, म्याग्दी र मुस्तांगको जनससम्वन्ध अभियानका लागि गण्डकी प्रदेशमा पुगेको प्रचण्डले दाना तातोपानीमा स्नान गरेर त्यो क्षेत्रलाई अझ बढी पर्यटक आकर्षण गर्नु पर्ने धारणा राखेका छन् ।
प्रचण्डले आज मुस्तांग जिल्लाका विभिन्न कार्यक्रम सहभागी हुंँदै पार्टी जिल्ला कार्यालय भवनको सिलान्यास गर्ने समेत कार्यक्रम रहेको सचिव दीनानाथ शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चार महिनादेखि राष्ट्र बैंकको डेपुटी गभर्नर पद खाली, नियुक्तिमा सरकार–गभर्नरबीच तानातान

कोसीमा फेरि मन्त्रिमण्डल विस्तार, चार मन्त्री र एक राज्यमन्त्री थपिए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu