ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनेरास्ववियु महाधिवेशन, १५३४ प्रतिनिधिमा ५२१ उम्मेदवार


abc news
२८ जेष्ठ २०८२, बुधबार   ३ : २७   बजे

काठमाडौ २८ जेठ । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशनमा मतदान प्रक्रिया अझै सुरू हुन सकेको छैन।

मंगलबार राति २ बजेसम्म उम्मेदवारी दर्ता भएको थियो।

बुधबार बिहान दाबी विरोधको प्रक्रिया टुंग्याएर १० बजेदेखि मतदान सुरू गर्ने भनिए पनि रुजुको काम भइरहेको निर्वाचन समितिका रश्मी आचार्यले जानकारी दिए।

उनका अनुसार अहिले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी भइरहेको छ।

‘उमेरहदको प्रबन्ध छ, उम्मेदवारहरूको विवरण रूजु गर्नुपर्नेछ। त्यसमै समय लागिराखेको छ,’ उनले भने।

एमाले संगठन विभाग सचिव माधव ढुंगेलका अनुसार अनेरास्ववियुको जारी महाधिवेशनमा १ हजार ५३४ जना प्रतिनिधि छन्।

९ पदाधिकारी, ४९ सचिवालय सदस्य र १५१ सदस्यीय केन्द्रीय कमिटीका लागि ५ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

१ अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ। २ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ। १ महासचिवका लागि ३ जना, १ उपमहासचिवका लागि ३ जना र ४ सचिवका लागि ३६ जनाको उम्मेदवारी परेको छ।


अनेरास्ववियुमा अझै पनि सहमतिमै नेतृत्व चयन प्रक्रिया टुंग्याउने तयारी भइराखेको छ। तर अध्यक्षका प्रत्यासी प्रकाश पौडेल र डा। सुजन कडरियाले छुट्टाछुट्टै समूह बनाएर मत मागिरहेका छन्।

प्रकाश पौडेलको समूहबाट महिला उपाध्यक्षमा अघि आरती भट्टराई र खुला उपाध्यक्ष उम्मेदवारको टुंगो लाग्न बाँकी छ। पौडेल समूहले राजकुमार ढकाललाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।

महासचिवमा आरके रोमशको टुंगो लागेको छ। उमहासचिव र सचिवहरू तय हुन बाँकी रहेको महासचिवका उम्मेदवार रोमशले बताए।

डा। सुजन कडरिया समूहले भने उपाध्यक्षमा अञ्जना शिवाकोटीलाई महिला उपाध्यक्षमा अघि सारेको छ। विकास श्रेष्ठ र राजकुमार ढकालमध्ये एकलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ। उक्त समूहबाट महासचिव दीपक धामी उम्मेदवार बनेका छन्।

उपमहासचिव प्रेमिका शाहीलाई बनाउने तयारी भइरहेको महासचिवका उम्मेदवार धामीले बताए।

खुला उपाध्यक्षतर्फ ढकाल र श्रेष्ठ अतिरिक्त भरत धामी, धर्मेन्द्र केसी लगायतको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षातर्फ भट्टराई, शिवाकोटीका अतिरिक्त भवानी बजगाईं, सुनीता धितालको उम्मेदवारी परेको छ।

महासचिवमा धामी, आरके रोमशका अतिरिक्त सुनील कँडेलको उम्मेदवारी दर्ता भएको छ।

अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्ल लगायत नेताहरूले कोसिस गरेका थिए।

मंगलबार बन्द सत्रको हलमा सहमतिका लागि नाम प्रस्तावसमेत गरिएको थियो।

अध्यक्ष मण्डलका तर्फबाट डा। सुजन कडरियाको नेतृत्वमा प्रकाश पौडेल र अञ्जना शिवाकोटीलाई उपाध्यक्ष र दीपक धामीलाई महासचिवको प्रस्ताव गरिएको थियो।

पौडेल समूहले नाराबाजी गरेर निर्वाचनका माग गरेपछि अध्यक्ष मण्डल चुनावबाटै नेतृत्व चयन गर्न राजी भएको हो। अनेरास्ववियुको महाधिवेशन काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जेठको २५ गतेदेखि जारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group