ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जा विकासको लक्ष्य एकतिर राखेर ‘टेक एन्ड पे’ लागू गर्न सकिन्न- ऊर्जामन्त्री


abc news
३० जेष्ठ २०८२, शुक्रबार   ४ : ३०   बजे

काठमाडौ ३० जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य एकतिर राखेर ‘टेक एन्ड पे’को व्यवस्था लागू गर्न नसकिने बताएका छन्।

शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री खड्काले लक्ष्य एकतिर राखेर अर्कोतिर हिँड्न नसकिने उल्लेख गरेका हुन्।

अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गतेको बजेट वक्तव्यमा ‘रन अफ रिभर’ प्रकृतिका आयोजनालाई ‘टेक एन्ड पे’को आधारमा विद्युत् खरिद सम्झौता ९पीपीए० गर्ने व्यवस्था उल्लेख गरेका छन्।

त्योसँगै निजी क्षेत्रबाट यसको तीव्र विरोध भइरहेको छ। बुधबार अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयबीच ‘टेक एन्ड पे’को व्यवस्था हटाएर ‘टेक अर पे’अनुसार नै सम्झौता गर्नेबारे छलफल भएको थियो।

‘टेक एन्ड पे’ र ‘टेक अर पे’का विषयले चर्चा पाएकै छन्। बुझेर वा नबुझेर या गल्तीले जे सुकै भए पनि यो सच्चिन्छ’, मन्त्री खड्काले भने, ‘मन्त्रालयले निर्णय गरेर अर्थ मन्त्रालय पठाइसकेको अवस्था छ। किनभने लक्ष्य एकतिर हामी अर्कोतिर हिँड्न सक्दैनौँ। लक्ष्य पहिल्याउन प्रशस्त मिहिनेत गर्नुपर्नेछ।’

सरकारले २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। सरकारले ‘टेक एन्ड पे’को आधारमा विद्युत् खरिद बिक्रीको लागि बोलाए ऊर्जा प्रवर्द्धक लगानी नै नगर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंको ट्राफिक जाम अन्त्य गर्ने महत्वाकांक्षी योजना : १.८८ खर्बको ‘मास्टर प्लान’ सार्वजनिक

विशेष महाधिवेशन वैधानिक भएको गगन थापाको दाबी, ‘सत्ता लक्ष्य होइन, नागरिक सेवाको माध्यम’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu