नुवाकोट, १४ चैत। नेपाल कम्युनिष्ट पार्टीका नुवाकोट प्रमुखलाई प्रहरीले आज पक्राउ गरेको छ ।
विदुर नगरपालिका–२, बट्टारमा आज ‘ताम्सालिङ स्वायत्त प्रदेश जनपरिषद्’को कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलन गरिरहेका ‘नेकपा नुवाकोट जनपरिषद्’ प्रमुख विन्तोष सिलवाललाई पत्रकार सम्मेलनस्थलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा जनपरिषद्का प्रमुख मणिक लामाले भूकम्पपीडितलाई तत्काल रु पाँच लाखको राहत दिन सरकार सँग माग गर्नुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस्