ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजको राज्य लथालिङ्ग हुनुको सबै भन्दा बढी जिम्मेवार माओवादी हो – विप्लव


abc news
३० जेष्ठ २०८२, शुक्रबार   ७ : २२   बजे

काठमाडौ ३० जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवुले अहिलेको राज्य लथालिङ्ग हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी भएको बताएका छन् ।

नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा विप्लवले क्रान्तिपछि राज्यसत्तामा पुगेका व्यक्तिहरू नै सत्तालिप्सामा लाग्दा यस्तो समस्या आएको बताएका हुन् ।

‘हामी कलेज छोडेर प्रचण्ड, किरण, बाबुराम, बादल, सिपी गजुरेलको पछि लागेर जनयुद्धमा होमिएका हौँ । क्रान्तिपछि राज्य पुनर्संरचना कस्तो हुनुपर्छ भन्नेमा हामी चुक्यौँ । माओवादीले जस्तो राज्य चाहेको थियो, त्यस्तो हुन सकेन । तर अर्थप्रणाली कस्तो हुनुपर्छ भन्नेमा देखाउन सकिन्थ्यो’, उनले भने, ‘आजको राज्यको लथालिङ्ग हुनुमा सबैभन्दा जिम्मेवार माओवादी हो । नितान्त माओवादी मन्त्री, प्रधानमन्त्री लगायत राज्यका पद बाँडफाँटमा लिप्त भए । क्रान्तिपछि सबैभन्दा विचलित भएको युवाहरू रहेका छन् । गणतन्त्रलाई योगदान गरेका मान्छेहरूको घरमा खाने अन्न छैन । पुरानै सामन्ती फर्किएर आइसकेका छन् । त्यस कारण राज्यका संरचना नै अधुरो छ ।’

नयाँ शक्तिले पेस गरेको कार्यपत्रमा अग्रगामी परिवर्तन, आत्मनिर्भर सहितको समृद्धि, जनयुद्धको योगदान, राष्ट्रिय स्वाधीनता, आजको राज्यसत्ता र श्रमिकबिचको मुख्य अनन्तर विरोधलाई समेट्न विप्लवले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशन वैधानिक भएको गगन थापाको दाबी, ‘सत्ता लक्ष्य होइन, नागरिक सेवाको माध्यम’

‘एक्लै लड्ने’ प्रधानमन्त्रीको सन्देश : असन्तुष्टि, आत्मस्वीकारोक्ति कि नयाँ राजनीतिक यथार्थ ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu