धनगढी, १४ चैत । प्रदेश नं ७ का नवनियुक्त मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायलाई आज यहाँ उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा मुख्य न्यायाधिवक्ता उपाध्यायलाई शपथ गराइएको हो । मुख्यमन्त्रीको सिफारिसमा हालै उपाध्यायलाई प्रदेश प्रमुख मल्लले प्रदेश नं ७ का मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्