ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजराइलले गर्‍यो इरानको तेल भण्डार र रक्षा मन्त्रालय भवनमा हमला


abc news
१ असार २०८२, आइतबार   ११ : १८   बजे

काठमाठौ १ असार । इसराइल र इरानबीच तेस्रो रात पनि मिसाइल र ड्रोन हानाहान भएको छ।

गएराति इसराइलले इरानको राजधानी तेहरानलाई लक्ष्य गरी आक्रमण गरेको छ।

अमेरिकी मिडिया सिएनएनका अनुसार इसराइलले इरानको तेल भण्डार र रक्षा मन्त्रालय भवनमा हवाइ आक्रमण गरेको छ।

इसराइली मिसाइल हमलाबाट तेहरानको उत्तरपश्चिममा रहेको तेल भण्डारमा आगो लागेको तस्बिर र भिडिओ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्।

तेल भण्डारमा आक्रमण गरेपछि इसराइली रक्षामन्त्री इसराइल कत्जले इरान जलिरहेको भनेर एक्समा लेखेका छन्।

इरानले पनि शरहन तेल भण्डारमा आक्रमण भएको बताएका छन्। इसराइली आक्रमणबाट त्यहाँ लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको पनि अधिकारीहरूलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमहरूले लेखेका छन्।

इसराइलले इरानको रक्षा मन्त्रालय भवनमा पनि लक्ष्य गरेको सिएनएनले लेखेको छ।

राजधानीमा रहेको मन्त्रालय भवनमा इसराइली हमलाबाट सामान्य क्षति पुगेको बताइएको छ।

ल्अज
िल्अभिि
तेस्रो रात इरान र इसराइल दुवैले नयाँ चरणको आक्रमण घोषणा गरेर ‍एक अर्कामाथि मिसाइल हानिरहेका छन्।

इसराइली राजधानी तेल अभिभ र जेरूसलेमका आकाशमा इरानी मिसाइल र ड्रोनहरू देखिएको र अधिकांश हमला एयर डिफेन्स सिस्टमले नष्ट गरेको भनिएको छ।

इसराइलको उत्तरी सहरहरुमा इरानी हमलाबाट मानिसहरुको मृत्यु भएको र भवनहरू पूर्ण रूपमा ध्वस्त भएको सिएनएनले जनाएको छ। त्यहाँ उद्धार कार्यहरू चलिरहेका छन्।

इसराइलले शुक्रबार बिहान साढे ३ बजे इरानमाथि ठूलो आक्रमण गरेको थियो।

उसले इरानको आणविक भट्टी, हतियार कारखाना, उच्च सैन्य अधिकारी, आणविक बैज्ञानिक लगायत सेनाका भवनहरुमा २०० लडाकू विमानसहित ३ सय हतियारले आक्रमण गरेको थियो।

इसराइलको आक्रमणबाट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसरी प्रमुख सैन्य अधिकारीहरु नै मारिएपछि इरानी सेनाको चेन अफ कमान्ड नै ध्वस्त भएको छ। सर्वोच्च नेता आयातोल्लाह अल खामेनीले ब्रिगेडियर जनरल मोहम्मद पाकपोरलाई रिभोलुसनरी गार्डका प्रमुख नियुक्त गरेका छन्।

बाघेरीको ठाउँमा मेजर जनरल सैयद अबदुलरहिम मौसावीलाई सेना प्रमुख र रसिदको ठाउँमा अली शदमानीलाई खताम अल अनबिया मुख्यालय प्रमुख नियुक्त गरेका छन्।

त्यस्तै आणविक हतियार बनाउने वैज्ञानिकहरू पनि हमलामा मारिएका छन्।

मोहम्मद मेहदी तेहराँची, फरदून अब्बासी, मोहम्मद इस्लामी लगायतका परमाणु वैज्ञानिकहरु इसराइली हमलामा मारिएका हुन्। इसराइलले इरानविरूद्धको हमलालाई अपरेशन लायन नाम दिएको छ।

हमलाबाट कम्तिमा ८० जनाको मृत्यु र साढे तीन सय हाराहारीमा घाइते भएको बताइएको छ।

इरानले सोही बिहान इसराइलमाथि सयवटा ड्रोनले सामान्य हमला गरेको थियो।

शुक्रबार बेलुकादेखि भने इसराइलमा भीषण हमला थालेको हो।

त्यो क्रम शनिबार बिहान र शनिबार राति पनि कायम रहेको छ।

इरानले इसराइलले हमला जारी राखे उसले अझै ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएको छ।

इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सुरक्षा समितिको बैठक बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group