ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्र आवश्यक – प्रधानमन्त्री


abc news
१ असार २०८२, आइतबार   २ : २३   बजे

काठमाठौ १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम कर्मचारीतन्त्रको आवश्यकता अपरिहार्य रहेको बताएका छन्।

लोकसेवा आयोगको ७५ औँ वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सक्षम, योग्य र निष्पक्ष कर्मचारी प्रशासनिक व्यवस्थाको मेरुदण्ड भएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले सरकार, व्यवस्थापिका र प्रशासन संयन्त्रबीचको सहकार्यलाई सुदृढ बनाउने कुरामा जोड दिँदै सरकार र व्यवस्थापिकाले बनाएका नीति तथा कानुनहरु कार्यान्वयन लागि महत्वपूर्ण भुमिका खेल्ने बताए। उनले कर्मचारीतन्त्रलाई राजनीतिभन्दा भिन्न तर राजनीतिको नजिक रहेर काम गर्ने संवैधानिक संयन्त्रको रूपमा व्याख्या गर्दै सरकारको कार्यसफलता धेरै हदसम्म कर्मचारीको सक्षमतामा निर्भर रहने उल्लेख गरे।

‘शासन व्यवस्था प्रभावकारी रुपमा संचालनका लागि सरकार र प्रशासनको महत्वपूर्ण रहेको हुन्छ। सरकारले नेतृत्वले आवश्यक नीति निर्माण गर्ने, व्यवस्थापिकाले कानून बनाउने र प्रशासन संयन्त्रले त्यसको कार्यान्वयनमा लागि सूचना संकलन गर्ने तथा सहयोग गर्ने गराउने बाध्यता छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको समिपमा रहेर काम गर्ने संस्था हो। कुनै पनि मुलुकको सरकारको कार्यसफलता कर्मचारीको सक्षमतामा पनि धेरै हदसम्म निर्भर रहन्छ।’
उनले भने, ‘तसर्थ मुलुक सञ्चालनका लागि आवश्यक कर्मचारी योग्य, दक्ष र निपूर्ण हुनुका अतिरिक्त स्वस्थ पनि हुनुपर्छ। लोक सेवा आयोगले जति स्वतन्त्र, निष्पक्ष, प्रभावकारी तथा वस्तुनिष्ट तवरले कर्मचारी छनोट गर्न सक्दछ। मुलुकको प्रशासनिक संयन्त्र त्यति नै बलियो र प्रभावकारी हुँदै जान्छ।’

उनले आयोगले मुलुकको प्रशासनिक संयन्त्र सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group