ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी तर्सिएर दुई बुँदे सहमति गरेका होइनौँ, लेनदेन भएको छैन- माओवादी


abc news
१ असार २०८२, आइतबार   ३ : ५४   बजे

काठमाठौ १ असार । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणपछि अवरुद्ध प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयमा सत्तापक्षसँग भएको दुई बुँदे सहमतिबारे स्पष्टीकरण दिएका छन्।

माओवादीले गरेको दुई बुँदे सहमतिबारे चौतर्फी आलोचना भइरहेको बेला आइतबार प्रतिनधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिनेक्रममा उनले पार्टीका नेता अग्नि सापकोटाको मुद्दासँग माओ‌वादीले सम्झौता गरेको आरोपप्रति कुनै सत्यता नभएको बताएका हुन्।

पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो समाधान गर्न एक महिनाको समयसीमा निर्धारण भएको भन्दै आफूहरू भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको दाबी गरे। उनले भने, निष्पक्ष रूपमा छानबिन हुनुपर्छ हाम्रो माग छ। अहिले देखिएको कुरा गम्भीर छ छानबिन हुनुपर्छ तर यो अहिले मात्र होइन विगतमा पनि भएको छ।’

यसअघि माओवादीले पनि गृहमन्त्रालय सम्हालिसकेको र सोहीकारण तर्सिएको भनेर प्रश्न उठेको भन्दै यसबारे पनि उनले जवाफ दिए। होइन माओवादी तर्सिएको छैन। आफ्ना नागरिकलाई भिजिट भिसा लगाएर लाने र मानव तस्करी गर्ने, नागरिकले त्यहाँ दुख पाउने र राज्यले केही गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न हामी तयार छौँ।

सरकार तयार भएको छ,’ उनले भने, दुई बुँदे सहमति गर्दा पूर्व सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको प्रसङ्गहरू जोडेर माओवादी तर्सियो वा लेनदेन गर्‍यो भनेजसरी प्रचार भएको छ। त्यसो होइन कुनै लेनदेन भएको छैन। अग्नि सापकोटाको मुद्दा अदालतमा रहेका कुरा हुन्। यद्यपि पूर्णपाठ आएपछि त्यसको धारणा बनाउँछौ। त्यसैले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दा कुनै लेनदेनको विषय होइन।

उनले माओवादी गलेर सहमति गरेको भन्ने हल्लाप्रति भने, माओवादी गलेको कुरामा सत्यता छैन यसमा भ्रम नरहोस्।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने मागसहित रास्वपा भने आज पनि सदनमा विरोधमा उत्रिएको छ। रास्वपाका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group