ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा सत्तारुढ दलबीच विवाद भएपछि बजेट भाषणको समय सारियो


abc news
१ असार २०८२, आइतबार   ५ : १३   बजे

काठमाठौ १ असार । बागमती प्रदेशमा रहेका दुई सत्तारुढ दलहरुबीच बजेटका बिषयमा विवाद सिर्जना भएपछि बजेट भाषणको समय सारिएको छ।

आइतबार आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा साँझ ६ः३० बजे सम्मका लागि स्थगित गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ।

सचिवालयले सार्वजनिक गरेको सूचनामा विविध कारणबस बजेट भाषणको समय सारिएको जानकारी दिइएको हो।

बजेट कति ल्याउनेरु भन्ने विषयमै सरकारमा रहेका दुई दलबीच सहमती नजुट्दा समय सारिएको नेकपा एमालेका एक सांसदले बताए।

उनका अनुसार एमालेले ६६ अर्ब भन्दा बढीको बजेट ल्याउन नहुने बताइरहँदा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्बको बजेट बनाएको ती सांसदको आरोप छ।

सरकारमा सहभागी दुई दलकै कुरा नमिल्दा बागमतीको बजेट भाषण अन्यौलमा परेको हो। यसअघि राजश्वदर कमजोर रहेको भन्दै आगमी आर्थिक वर्षको बजेटको आकार घटाउन पर्ने सरकारको निष्कर्ष थियो।

जसअनुसार जबम ५५ अर्ब रुपैँयामात्रैको सिलिङ तोकेकोमा ७२ अर्ब भन्दा बढीको बजेट बनाएको चर्चाका बीच एमालेले आपत्ति जनाएको हो।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले कांग्रेसका हुन्। कांग्रेस नेतृत्वकै सरकार रहेको बागमतीमा मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री काफ्लेको सहमतीमा बजेटको आकार बढाएको आरोप एमालेले लगाएको छ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि ६५ अर्ब भन्दा बढीको बजेट ल्याउन नहुने सुझाव दिएको माओवादी बागमती संसदीय दलका सचेतक रत्न प्रसाद ढकाल बताउँछन्।

बजेटको आकार बढाउने विषयमा माओवादी केन्द्रले समेत आपत्ति जनाएको उनको भनाइ छ। वित्तिय अनुशासनमा रहनुपर्ने भन्दै माओवादी केन्द्रले राजश्व संकलन कमजोर रहेको अवस्थामा बजेट नबढाउन सुझाव दिइएको थियो।

विपक्षी दलले दिएको सुझाव अटेर गरेर बजेट ल्याए बजेटलाई समर्थन गरेर जान नसकिने सचेतक ढकालले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group