ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ


abc news
१ असार २०८२, आइतबार   ८ : ३८   बजे

काठमाडौ १ असार । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको चौथो र पाचौं ठूलो दल अवरोध र विरोधमा रहँदा संसद्लाई चलाएको भनेर उनले प्रश्न उठाएका हुन् ।

‘यो संसद्‌मा कुनै अमुक पार्टी आफ्नो सिटमा उभिए संसद् अवरोध हुने, बैठक स्थगित तर कुनै पार्टीले नै वेल घेराउ नै गर्दा पनि अवरोध नहुने यो कस्तो विभेद हो रु म जान्न चाहन्छु,’ साहले भने ।

सभामुखले सबै दल र सबै सांसदको कुरा सुन्नुपर्ने उनको आग्रह छ । ‘सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ । तर, आज सभामुखको यो व्यवहार हेर्दा आश्चर्य लागेको छ, म दुखित छु,’ साहले भने, ‘सबै सांसद बराबर हुन् । सबै दल बराबर हुन् । आज चौथो र पाँचँैं दल विरोधमा नरहँदा जुन व्यवहार भइराखेको छ, गलत भइराखेको छ ।’

प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०को वेल घेराउ र नाराबाजी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०को बहिष्कारकाबीच चलेको थियो ।

वेलमा रास्वपाका सांसदहरू नाराबाजी गरिरहेका थिए । राप्रपाले बैठक नै छाडेर हिंडिसकेको थियो ।सांसदहरू बजेटमाथिको सामान्य छलफलमा भाग लिइरहेका छन् । यो दृश्य अमिल्दो रहेको भनेर उनले सभामुख र सत्तारुढ दलहरूको ध्यानाकर्षण गरे ।

‘पहिला पनि संसद्मा नाराबाजी हुन्थ्यो, संसद् चल्थ्यो । विगतमा छोटो समयका लागि हुन्थ्यो । तर, आज एउटा नयाँ रेकर्ड कायम भयो । यसको लागि म शुभकामना दिन चाहन्छु,’ उनले व्यङ्ग्य गरे । संसद्को वातावरण शान्त र सहज बनाउन फेरि पनि सभामुख र सत्तापक्षले पहल लिनुपर्ने आग्रह उनले गरे ।

‘एउटा सहज वातावरण बनाउनुस् । सरकार दुई तिहाइ छ भने संसद् शान्त बनाउन सक्दैन रु,’ उनी भन्छन्, ‘दुई दुई अंक हो कि परिणाम हो रु सरकार दुई तिहाइको छ । संसद्को वातावरण यस्तो छ । अलिकति पनि संवेदशनशीलता छ भने पहल लिन आग्रह गर्दछु ।’

भोजपुरीमा ‘हडबडीको विवाह, कन्पटीमा सिन्दुर’ भन्ने भनाइ रहेको उल्लेख गर्दै उनले यो भनाइ चरितार्थ हुने व्यवहार उचित नरहेको आग्रह गरे ।

सभामुखले साहलाई बजेटमाथिको छलफलमा बोल्न समय दिएका थिए । विषय भन्दा बाहिर गएको भनेर सभामुखले बोल्दा बोल्दै साहलाई विषयलमा केन्द्रित हुन आग्रह गरे । त्यसक्रममा सामान्य सवाल जवाफ नै भयो ।


प्रभु साह स् सभामुखज्यू आज यहाँको वातावरण छलफलको लागि छैन । के गर्ने त मैले रु कुन विषयमा बोल्ने रु
सभामुख स् माननीय सदस्यज्यू, विषयवस्तुमा केन्द्रित भएर बोल्नका लागि म निर्देश गर्दछु ।
प्रभु साह स् म सम्माननीय सभामुखजीसँग सोध्न चाहन्छु– संसद्को अवरोध कुन अवस्थामा भन्छन् रु एउटा कुनै पार्टी उभिराख्दा संसद् अवरुद्ध हुने, अर्को पार्टी वेलमा नाराबाजीमा हुँदा अवरोध नहुने १ म संसद् अवरोधको परिभाषा खोजिरहेको छु ।
सभामुख स् माननीय सदस्य, विषय केन्द्रित आफ्नो अभिव्यक्ति दिनुहोला ।
प्रभु साह स् यहाँ नाराबाजीकाबीच मैले के बोल्ने भन्ने प्रश्न गरिरहेको छु ।
सभामुख स् माननीय सदस्य, आफ्नो विषय केन्द्रित गर्नुस् । तपाईंलाई ५ मिनेट समय दिएको छ, ३ मिनेट समय गइसकेको छ ।
प्रभु साह स् मलाई बोल्ने वातावरण दिनुस्, सभामुख महोदय । म बजेटमा बोल्न चाहन्छु । बजेटमा छलफल गर्न चाहन्छु । देशको बजेट बिचौलियालाई खुसी बनाउने खालको छ । बिचौलियाले उत्सव मनाइरहेको छ । नेताहरूको घर–घरमा भोजभतेर गर्दै हिडेँको छन् । नेपाली जनता चिन्तित छन् । नेपाली जनता निराश छन् । यो बजेट कसको लागि आएको हो रु सायद यसैलाई गुमराह बनाउन, यसैलाई ओझेलमा पार्न संसद्को छलफललाई दुषित गरिरहेको छैन भन्ने प्रश्न आएको छ ।

सभामुखले पटक–पटक विषयमा केन्द्रित हुन भनेपछि सांसद साह बजेट जनता केन्द्रित नआएको भनेर मोडिए । तर, बजेटमाथिको छलफल प्रभावित पार्न नियतवश संसद्मा छलफलको वातावरण नबनाइएको हो कि भनेर आशंका गरे ।

नेपालबाट पैसा विदेश लैजान सहज हुने गरी सरकारले बजेट ल्याएको आरोप लगाए । बजेटले नेपालको प्राकृतिक स्रोतको दुरुपयोग हुने गरी बजेट आएको बताए । बजेटमाथि अनेकन प्रश्न उठ्न सक्ने भएकाले संसद्को वातावरण बिगारेर धमिलो पानीमा माछा मार्ने प्रयास भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group