ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरीकला मृत्यु प्रकरणका तीन अभियुक्त सार्वजनिक, यस्तो दिए अभियुक्तले बयान


admin
१४ चैत्र २०७४, बुधबार   ८ : २६   बजे

सुर्खेत, १४ चैत।  पञ्चपुरी नगरपालिका विद्याज्योति मावि बाबियाचौर सुर्खेतबाट माध्यमिक शिक्षा परीक्षा दिइरहेकी १८ वर्षीया गोरीकला रोकायको मृत्युको घटनामा संलग्न तीन अभियुक्तलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

अभियुक्तमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी भई इलाका प्रहरीका कार्यालय बाबियाचौर सुर्खेतमा कार्यरत ट्राफिक प्रहरी जवान २८ वर्षीय हरि कोइराला, पञ्चपुरी नगरपालिका–८ बाँझीगाउँका २० वर्षीय लक्ष्मीप्रसाद बास्तोला र २८ वर्षीय खुमप्रसाद बास्तोला रहेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

शंकाका आधारमा प्रहरीले अनुसन्धानका लागि मंगलबार तीनसहित आठ जनालाई अनुसन्धानका लागि लगेको थियो । मङ्गलबार नै प्रहरीले घटनास्थलबाट यामाहा कम्पनीको भे ६ प ३४५१ नंको मोटरसाइकल, पाँच थान मोबाइल, मोटरसाइकल चालक लक्ष्मीप्रसाद अधिकारीको रातो दाग लागेको सेतो कमिज, खैरो प्रकारको प्यान्टस र मृतकको चप्पल दसीका रुपमा बरामद गरेको थियो ।
त्यही दसीका आधारमा ट्राफिक प्रहरी कोइराला र बास्तोला दाजुभाइमाथि प्रारम्भिक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जनाउनुभयो । “मोबाइलको कल रेकर्डले १२ गते राति १२ः०० बजेसम्म लक्ष्मीप्रसाद बास्तोला र गोरीकलाबीच फोन सम्पर्क भएको र त्यसपछि राति १ः१५ बजेतिर घटना भएको बुझाउँछ”, उहाँले भन्नुभयो ।

शव परीक्षण नभएकाले सबै कुरा अहिले भन्न नसकिने उहाँको भनाइ छ । प्रहरीका अनुसार ट्राफिक प्रहरी कोइरालाले शारीरिक सम्बन्ध राख्नका लागि केटी मिलाइदिन आफूलाई आग्रह गरेकाले गोरीकलालाई भेटाइदिएको बयान लक्ष्मीप्रसादले दिएका छन् । त्यसपछि उनीहरू जंगलमा गएर मदिरा खाएको र फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनकै डेरामा लिएर छाड्दा मृत्यु भएको भन्ने बयान दिएको बताइएको छ ।

मृतकका बुबा कालो रोकायले कर्तव्य ज्यान र जबर्जस्ती करणीको जाहेरी निवेदन दिनुभएको छ । सोहीअनुसार आरोपितहरूमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पञ्चपुरी नगरपालिका–३ चौरगाउँ निवासी रोकाया यही चैत ८ गतेदेखि पञ्चपुरी –५ का मीनबहादुर रावलको घरमा डेरा लिएर बस्दै आएकी थिइन् । सूर्यप्रकाश मावि पलैंटेमा अध्ययनरत रोकायको शव परीक्षणका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group