ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९९ सदस्यीय केन्द्रीय समिति बनाउँछौं र निर्वाचनको तयारीमा लाग्छौ – नारायणकाजी


abc news
२ असार २०८२, सोमबार   १२ : ०२   बजे

काठमाडौ २ असार । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले २०८४ सालको निर्वाचनमा बहुमत हासिल गरेर माओवादीको सरकार बनाउने दाबी गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा श्रेष्ठले दुई वर्ष पूरै निर्वाचनको तयारीमा लाग्ने र बहुमत हासिल गरेर देशको नेतृत्व गर्ने बताए ।

चुनाव अहिले शान्तिपूर्ण कार्यभारको महत्वपूर्ण पक्ष भएको बताउँदै श्रेष्ठले भने, ‘२०८४ मा बहुमतको सरकार बनाएर यो देशलाई फेर्ने, फेरिछाड्ने अभियानमा हामी लाग्छौं । हामी दावाका साथ भन्छौं, २०८४ मा बहुमतको सरकार माओवादीको, त्यसपछि सामाजिक, आर्थिक रुपान्तरण तीव्र पारिन्छ, फड्कोमा पुर्याइन्छ, समृद्ध नेपाल बनाइन्छ, त्यसको प्रतिफल आम जनतालाई दिइन्छ र समाजवादको आधार तयार पारिन्छ ।’

महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय समिति बनाउने र निर्वाचनमा होमिने उनको भनाइ छ । ‘विधानमा हाम्रो केन्द्रीय समिति १९९ सदस्य हुने भनिएको छ । अब हामी महाधिवेशनसम्म पुग्दाखेरि केन्द्रीय समितिलाई पनि नयाँ ढंगले विधानअनुरुप निर्माण गरेर नयाँ फड्को मार्छौं । त्यसपछि हामी पूरै चुनावको तयारीमा जान्छौं,’ श्रेष्ठले भने ।

श्रेष्ठले अगाडि भने, ‘हामी सच्चिन्छौं भनेर आत्मालोचना गरेर जनतामा जाने पार्टी हो । त्यसकारण हाम्रो पार्टीले नै यो देशको नेतृत्व गरेर आजको राष्ट्रिय कार्यभार पूरा गर्ने र देश बदल्ने सम्भावना छ ।’

अरु पार्टीको हातमा नेतृत्व गएमा देश बर्बाद हुने जिकीर गर्दै श्रेष्ठले चुनावमा जानुअघि नै माओवादी सच्चिने बताए । ‘निर्वाचनको दिनमा आएर १२–१ बजेदेखि टिकट कलाई दिने हो भनेर ठेगान गरेर टिकट पठाउने चलन बन्द गर्नुपर्छ । प्रारम्भदेखि नै निर्वाचनको तयारी गर्नुपर्छ,’ श्रेष्ठले अगाडि भने, ‘अरुभन्दा राम्रो पार्टी हुँदाहुँदै पनि यथास्थितिमा हाम्रो पार्टीलाई राखेर हाम्रो मूल कार्यनीति र रणनीति दुइटै काम गर्न सक्दैनौं ।’

त्यसको निम्ति अहिलेको माओवादी बदलिनुपर्ने बताउँदै श्रेष्ठले थपे, ‘खाली हाम्रो पार्टीलाई सरकार बनाउने अवसर दिनुपर्छ मात्रै भनेको होइन । हाम्रो पनि रुपान्तरित, फेरिएको, क्रान्तिकारी र शत्तिशाली नेकपा माओवादी केन्द्रको रुपमा हाम्रो नेतृत्वको कुरा गरेको हो हामीले, यथास्थितिको होइन ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu