ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन


abc news
२ असार २०८२, सोमबार   ३ : ०९   बजे

काठमाडौ २ असार । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक ढुण्डीराज शास्त्री ९पौडेल० को निधन भएको छ । काठमाण्डौको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे उहाँको ९० वर्षको उमेरमा निधन भएको हो ।

छोराहरू देशबाहिर रहेकाले उहाँहरू आएपछि श्रद्धाञ्जलीसहित अन्तिम संस्कार गरिने उहाँका परिवारिक सदस्य अशोक पौडेलले जानकारी दिनुभयो ।

अर्घाखाँचीको साविक किमडाँडा पञ्चायतको–८ अहिले भूमिकास्थान नगरपालिका वडा नम्बर ८ निमडाँडामा बुबा खेमराज पौडेल र आमा सावित्रा पौडेलको जेठो सन्तानको रूपमा १९९३ सालमा शास्त्रीको जन्म भएको थियो । बनारसमा २०१० सालमा पढ्दादेखि नै उहाँ नेपाली कांग्रेसको राजनीतिको सम्पर्कमा आइसक्नुभएको थियो । त्यसपछि उहाँ पढाइ सकेर घर आएपछि भूमिगत रूपमा नेपाली कांग्रेसको सङ्गठन विस्तारमा लाग्नुभएको थियो ।

शास्त्रीले २०१४ सालमा नेपाली कांग्रेसले शुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै पाल्पा तानसेनमा भाग लिनुभएको थियो । २०१५ सालको आमचुनावमा सक्रिय रूपमा लाग्नुभएका उहाँले २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा संसद् भङ्ग गरी नेताहरूलाई जेल हालेको समयमा गुल्मी–अर्घाखाँचीका लडाकु युवाहरूलाई क्रान्तिमा संलग्न गराउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो ।

२०१७ सालपछि शास्त्रीले भारतमा निर्वासित जीवन बिताउनुभएको थियो । त्यो समय उहाँले भारतको गोरखपुर महाविद्यालयमा प्राध्यापकका रूपमा समेत काम गर्नुभयो । उहाँले नेपालमा प्रजातन्त्र ल्याउनका निम्ति विभिन्न पर्चा, पम्प्लेट, पत्रिका छापेर नेपाल पठाउने गर्नुहुन्थ्यो ।

बीपी कोइरालाका कट्टर अनुयायी ढुण्डीराज शास्त्री समाजवादका व्याख्याता हुनुहुन्छ । उहाँबाट पार्टीको सदस्यता लिएका नेतारकार्यकर्ता अझै पनि पार्टीप्रति प्रतिबद्ध छन् । उहाँले २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेल्नुभएको कांग्रेसजन बताउँछन् ।

२०४६ सालको जनआन्दोलनबाट प्राप्त बहुदलीय प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा भएको चुनावमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट सांसदमा भारी मतले विजयी भएपछि शास्त्री उद्योगमन्त्री बन्नुभएको थियो । २०५१ सालको मध्यावधि चुनावमा विजयी हुनुभएका उहाँ त्यसपछि पार्टीले बारम्बार समानुपातिक सांसद बनाउन खोज्दा पनि अस्वीकार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group