ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्ष भए पनि हामी सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा छौँ- प्रचण्ड


abc news
३ असार २०८२, मंगलबार   ११ : १२   बजे

काठमाडौ ३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अहिले प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यतामा रहेको बताएका छन्।

मंगलबार बिहान चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बाध्यता संविधान र ऐन कानुनका कारण आइपरेको बताए।

‘हामी अहिले प्रतिनिधिसभामा प्रतिपक्षको हिसाबले कमजोर छौँ,’ प्रचण्डले भने, ‘यही कारण हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै दुई सातासम्म संसद् अवरुद्ध पारेको माओवादीले गएको शुक्रबार नेकपा एमालेसँग दुई बुँदे सहमति गरेपछि संसद् अवरुद्ध गर्न छाडेको थियो। तर, यही प्रकरणमा प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भने अझै संसद् अवरुद्ध जारी राखेका छन्।

भिजिट भिसा प्रकरणमा लामो समयसम्म संसद् अवरुद्ध गरेको माओवादीले बेअर्थको दुईबुँदे सम्झौता गरेको भन्दै कतिपयले आलोचना गरिरहेको सन्दर्भमा प्रचण्डको यस्तो भनाइ आएको हो।

प्रचण्डले बजेट माथिको छलफलका लागि संसद्को अवरोध हटाउनु परेको बताए।

‘दुई बुँदे सहमति गरेर संसद् खोल्नु हामी जिम्मेवार ढंगले प्रस्तुत हुनु पनि हो,’ उनले भने, ‘यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ। तर, परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्‍या होलारु भन्ने पनि लाग्न सक्छ।’

प्रचण्ड सोमबारदेखि चितवनमा छन्। यसक्रममा उनले भरतपुरमा निर्मित प्रज्ञा स्मार्ट पार्कको अवलोकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group