ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले इरानमा रहेका आफ्ना विद्यार्थी सुरक्षित स्थानमा सार्‍यो


abc news
३ असार २०८२, मंगलबार   ११ : ४३   बजे

काठमाडौ ३ असार । इजरायलको आक्रमण तीव्र भएपछि भारतले इरानमा रहेका आफ्ना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

दुवै देशसँग सम्बन्धमा रहेको भारतले इजरायली आक्रमणबाट जोगिन आफ्ना विद्यार्थीहरुलाई इरानकै सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

केही विद्यार्थीलाई इरानस्थित भारतीय दूतावासको सहयोगमा इरानकै सुरक्षित स्थानहरूमा सारिएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर कुन ठाउँबाट कुन ठाउँमा विद्यार्थीहरुलाई सारियो भन्ने विज्ञप्तिमा उल्लेख छैन ।

सुरक्षाका लागि अन्य सम्भावित विकल्पबारे छलफल भइरहेको र कुनै नयाँ जानकारी भए त्यसलाई सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

गत वर्षको सरकारी तथ्यांकअनुसार इरानमा करिब १० हजार भारतीय नागरिक छन् । यसैगरी २०२२ को तथ्यांक अनुसार इरानमा दुई हजारभन्दा बढी भारतीय विद्यार्थी रहेका छन् ।

गत शुक्रबार इजरायलले इरान विरुद्ध पहिलो आक्रमणपछि इरानले पनि जवाफी हमला गरिरहेको छ । सोमबार रातिसम्म पनि दुवैतफर्mबाट आक्रमण जारी छ ।

इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आत्रमणबाट कम्तीमा २ सय २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै तेहरानले जवाबी आक्रमण सुरु गरेदेखि एक दर्जनभन्दा बढीको मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।

इरान र इजरायलले दुवैले हवाई र समुद्री मार्गहरु बन्द गरेका छन् ।

यसैबीच भारतले इरान र इजरायल दुवै देशलाई सम्भावित सहयोग विस्तार गर्न तयार रहेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu