ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलको दाबी: इरानी सेनाका नयाँ चिफ अफ स्टाफ पनि मार्‍यौँ


abc news
३ असार २०८२, मंगलबार   १ : ५३   बजे

काठमाडौ ३ असार । इजरायलले आफूले गरेको आक्रमणमा इरानी सेनाका नवनियुक्त चिफ अफ स्टाफ अली शादमानी पनि मारिएको दाबी गरेको छ।

केही दिनअघि मात्र तत्कालीन चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बगेरी मारिएपछि उनको स्थानमा शादमानीलाई नियुक्ति गरिएको थियो।

तर रातभरको आक्रमणमा उनलाई पनि मारिएको दाबी इजरायली सेनाले गरेको सीएनएनले उल्लेख गरेको छ।

इरानले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसअघि शुक्रबारको आक्रमणमा इजरायलले इरानी सेनाका चिफ अफ स्टाफसहित इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सका कमान्डर इन चिफ जनरल हुसेन सलामी, सेनाका डेपुटी कमान्डर इन चिफ जनरल गुलाम अली रासिद मारिसकेको छ।

इजरायलले शुक्रबार बिहान इरानमा आक्रमण गरेयता दुई देशबीच हानाहान जारी छ। जसले विश्वभर चिन्ता छाएको छ।

नेपाललगायत मुलुकले ती देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन सुझाव दिइरहेका छन्। चीनले त इजरायलमा रहेका आफ्ना नागरिकलाई सक्दो चाँडो त्यहाँबाट बाहिरिन चेतावनी दिएको छ।

यसैबीच अमेरिकासमेत संलग्न जी(७ देशका नेताहरूले क्यानडामा शिखर सम्मेलन गरी इरानको विरोध र इजरायलको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group