ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’


abc news
३ असार २०८२, मंगलबार   २ : १६   बजे

काठमाडौ ३ असार । मूलतस् अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकै कारण नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले त्यो सिलसिला भने जारी नै राखेका छन्। अर्थात् पार्टीबाट निष्कासन भइसकेर पनि उनले ओली र एमालेविरुद्ध टिप्पणी गर्न छाडेका छैनन्।

यसै क्रममा मंगलबार बिहान उनले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरी फेरि एकपटक प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीविरुद्ध आक्रोश पोखेका छन्।

त्यसो त रावलले ओलीले नै आफ्नाविरुद्ध विभिन्न आरोप लगाएकाले जवाफ दिन बाध्य भएको दाबी गरेका छन्।

‘केही दिनअघि दक्षिणपन्थी देउवा(महन्थ(सीके गठबन्धनका प्रधानमन्त्री तथा बामालेका ‘झोले’ अध्यक्ष केपी ओलीबाट विद्यार्थीको एउटा कार्यक्रममा मेरोविरुद्ध पार्टीप्रति कहिल्यै ‘पजिटिभ’ नभएको, पार्टीको ‘समर्थन’ नगर्ने र ‘ढुंगा’ हान्ने ‘अराजक’, ‘फाइदा र पद खोज्ने’ भनी दिइएका अभिव्यक्तिबारे विगतमा मलगायत कसले के गरेछ र के भएछ भनी एक हप्ता गम्भीर अध्ययन गरेँ’, रावलले वक्तव्यमा भनेका छन्, ‘झोले’ प्रधानमन्त्रीबाट मेरोविरुद्ध लगाइएका आरोप हास्यास्पद, झुटा, सत्ता उन्मादी र विद्वेषपूर्ण देखिए। मलाई लगाइएका आरोप यथार्थमा ओली स्वयंको जीवन चरित्र, व्यवहार र प्रवत्तिलाई झल्काउने रहेछन्। देश, जनता र पार्टीको हित प्रतिकूल तथा एमालेको सिद्धान्त, नीति, कार्यक्रम, मूल्य र मान्यताविपरीत ओलीका अनेकौँ विचार, व्यवहार र प्रवृत्ति सबैले थाहा पाउने गरी छताछुल्ल भएकै रहेछन्।’

उनले अगाडि लेखेका छन्, ‘आफ्ना गलत क्रियाकलापमाथि पर्दा हाल्न त्यस्ता कुरा आफूले गर्दै नगर्ने भनेर वा अरू कसैतर्फ औँल्याएर चोखो देखिने चतुर्‍याइँ प्रवृत्ति ओलीमा रहेको अनेक तथ्य र घटनाले प्रस्ट पार्दै आएका पनि छन्। मेरो बारेमा ओलीका आरोपहरू पनि उक्त चतुऱ्याइँकै उपज हुन्। मैले गत पुस महिनामा नै ओलीका देश, जनता, नेपालको संविधान तथा एमालेको सिद्धान्त, कार्यक्रम र मान्यताविरोधी क्रियाकलाप, विचार र प्रवृत्तिको बारेमा तथ्यगत किसिमले विस्तृत रुपमा स्पष्ट गरेको थिएँ। मैले अघि सारेका कुनै तथ्यको खण्डन र उठाएका प्रश्नको जवाफ ‘ झोले’हरूले आजसम्म दिन सकेको छैन। तर पनि ‘झोले’ अध्यक्षद्वारा सार्वजनिक कार्यक्रममार्फत तथ्यमा पुनः प्रकाश पार्न मलाई झक्झक्याइएकोले केही ज्वलन्त तथ्यको चर्चा क्रमशः हुने नै छ।’

अन्त्यमा रावलले केपी ओली स्वयंबाट आफूलाई ‘बा’ र झोले’ घोषणा गरिएकाले आफूले वक्तव्यमा त्यस विशेषणको प्रयोग गरिएको पनि उल्लेख गरेका छन्।

अनि झोले शब्दको अर्थ उल्लेख गर्दै उनले अगाडि यो पनि लेखेका छन्, ‘नेपाली भाषा तथा समाजको चलनचल्तीको भाषामा ‘झोले’को कुनै सकारात्मक वा सम्मानजनक अर्थ लाग्दैन। अन्धभक्त, लोभ र अवसरको लागि स्वविवेक गुमाएर कसैको पछि लाग्ने, स्वार्थी भन्ने अर्थ लाग्ने ‘झोले’ आफू भएको र एमालेका सबैले त्यस्तै हुँ भन्नु पर्ने आह्वान किन गरिएको होला भनी हेर्दा दर्शन, सिद्धान्त, नीति, विधि र आदर्श नरहेपछि ‘बा’, ‘झोले’जस्ता शब्दमा अलमल्याएर मानिसहरूलाई थामथुम गर्नुपर्ने स्थिति बनेको देखिन्छ कम्युनिस्ट पार्टीको नाममा कस्तो विडम्बना१’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu