ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालका लागि रोकियो उच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया


abc news
३ असार २०८२, मंगलबार   ६ : ०१   बजे

काठमाडौ ३ असार । उच्च अदालतका न्यायाधीश नियुक्तिको प्रक्रिया तत्कालका लागि रोकिएको छ।

न्याय परिषद् सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट महेशकुमार नेपालको नाम सिफारस भएसँगै न्यायाधीश नियुक्तिको प्रक्रिया तत्काललाई रोकिएको हो।

सिफारिस भएका नेपालमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ। यो प्रक्रिया नटुंगिएसम्म नयाँ न्यायाधीश नियुक्तिको प्रक्रिया रोकिएको छ।

यसबीचमा सर्वोच्च अदालतमा भने ३ जनाको नाम सिफारिस भइसकेको छ। न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल पहिलो नम्बरमा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरेको छ।

त्यस्तै उच्च अदालतको मुख्य न्यायाधीशमा चार जना सिफारिस भएका छन्।
उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्।

न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी यही असार १० गतेदेखि अवकासमा जाँदैछन्। त्यस्तै उच्च अदालत जानका लागि सर्वोच्चका मुख्य रजिस्ट्रार देवेन्द्राज ढकाल र सहरजिस्ट्रार मानबहादुर कार्की तयारी अवस्थामा छन्।
उच्च अदालतमा करिब २० जना न्यायाधीश नियुक्तिको तयारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu