ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिर्भोसको घटना बढ्दो, वैदेशिक रोजगारीमा गएका पुरुषहरु बढी श्रीमतीबाट पीडित


admin
१५ चैत्र २०७४, बिहिबार   ३ : ३६   बजे

ललितपुर, १५ चैत । केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे ।

ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको उनका श्रीमान्को आरोप छ ।

झट्ट सुन्दा अपत्यारिलो जस्तो लागे पनि अहिले काठमाडौँ उपत्यकालगायतका देशका शहरी क्षेत्रमा यस्ता घटना बढिरहेका छन् । बढ्दो शहरीकरणसँगै पारिवारिक विचलनका घटना बढ्नु स्वभाविक हो ।

परम्परागत रुपमा श्रीमान्–श्रीमतीको झगडा परालको आगो मानिन्थ्यो । विस्तारै महिलाले कानूनी र सामाजिक रुपमा अधिकार पाउन थालेपछि श्रीमान्सँग सम्बन्ध नराम्रो भएपछि श्रीमती प्रहरीसम्म जाने क्रम बढ्न थालेको छ ।

घरेलु हिंसा, श्रीमान्ले अर्काे विवाह गरेको, खान–लाउन नदिएको भन्दै महिलाले सम्बन्धविच्छेदका लागि निवेदन दिँदै आएका छन् । पछिल्लो सामाजिक परिवर्तनसँगै भने पुरुषले पनि श्रीमतीबाट आफू पीडित भएको भन्दै सम्बन्धविच्छेदका लागि निवेदन दिने क्रम बढ्न थालेको छ ।

ललितपुर महानगरपालिकामा नै आएको अर्काे घटनामा एक जना नेपाली पुरुषले विदेशी श्रीमतीले बेवास्ता गरेको भन्दै सम्बन्धविच्छेद गर्न चाहेका छन् ।

डेढ वर्ष पहिले अमेरिकन नागरिकसँग विवाह गरेका ती व्यक्ति उनीसँग मुस्किलले १० दिन मात्रै सँगै बसे । आफू गएपछि प्रक्रिया मिलाएर उनलाई समेत अमेरिका लाने श्रीमतीले आश्वासन दिएकी थिइन् । उता गएपछि फर्किएर पनि नआएको र उनलाई उता लैजान बेवास्ता गरेको भन्दै उनले कानूनीरुपमै समेत अलग्गिन चाहेका हुन् ।

प्रहरी र स्थानीय निकाय दुवैमा पुरुषले सम्बन्धविच्छेद गर्न चाहेका मुद्दा आउन थालेका छन् । पहिले श्रीमान्ले सोझै सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिन पाउने व्यवस्था थिएन । त्यसैले पनि यस्ता मुद्दा पहिले स्थानीय निकायमा जाने गरेका थिए ।

ललितपुर महानगरपालिकाका न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले श्रीमतीबाट विभिन्न कारणले पीडित भएर सम्बन्धविच्छेद गर्नका लागि उजुरी कानून शाखामा धेरै आएको बताउनुभयो । समितिले भने आएका मुद्दामा पहिले मेलमिलापका लागि प्रयास गर्छ ।

मेलमिलापको चरण पार गरेर पनि मिल्न नसकेका मुद्दा मात्रै अदालतमा जान्छ । उहाँ भन्नुहुन्छ, “हामीले सकेसम्म र मिल्नेसम्मका मुद्दा मेलमिलापमार्फत यहिँ टुंगाउन प्रयास गर्छाैं ।” आपसमा मिलेर बस्न नै नमिल्ने दुवैले भन्दा मात्रै समितिले मुद्दा अदालत पठाउने गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको महिला तथा बालबालिका कार्यालयकी प्रमुख चञ्चला श्रेष्ठ महिलाका तुलनामा पुरुष घरभित्र पीडित भएका घटना कम भए पनि बढ्ने क्रममा रहेको बताउनुहुन्छ । एक दशकसम्म होला जस्तो लागे पनि प्रहरीसम्म यी घटना आउन थालेका छन् । पुरुष खुलेर महिला जसरी म पीडित भएँ भनेर कम मात्रै आउने गरेको बताउनुहुन्छ ।

अधिकांश घटनामा उनीहरु सल्लाहका लागि आउँछन् । उहाँ भन्नुहुन्छ, “अझै पनि म त केटा मान्छे हो श्रीमतीबाट पीडित भएँ भनेर कसरी भनेर खुल्न सकेका छैनन् । गैरसरकारी संस्थाले पनि महिला मात्रै पीडित हुन्छ भन्ने सोच्ने गर्छ ।”

श्रीमतीबाट पीडित हुने घटना वैदेशिक रोजगारीमा गएका पुरुषको बढी आउने गरेको बताउनुहुन्छ । श्रीमतीलाई शहरी क्षेत्रमा छोडेर गएका पुरुष फर्कदा श्रीमती र सम्पत्ति दुवै गुमाएका छन् । श्रीमतीले भने महँगीले गर्दा पैसा सकिएको बताउने गर्छन् । प्रहरी कहाँ खोजतलासमा धेरै महिला हराएका मुद्दा छन् । तीमध्ये धेरैमा वैदेशिक रोजगारबाट फर्किएका श्रीमान्ले श्रीमती हराएको भन्दै दिएका मुद्दा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group