ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढ्यो


abc news
४ असार २०८२, बुधबार   १२ : १०   बजे

काठमाडौ ४ असार । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढेको छ ।

चिडियाखानाले गएको वैशाख १ गतेदेखि बेलुका ७ बजेसम्म प्रवेशको व्यवस्था गरेको थियो । त्यसयता चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या केही बढेको छ ।

वैशाख १ अघि बिहान १० देखि बेलुका ५ बजेसम्म मात्र चिडियाखाना खुल्ने गरेकोमा सन्ध्याकालीन समय दुई घण्टा थप गरी बेलुका ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।

नयाँ व्यवस्था लागू भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ गतेसम्म झन्डै एक लाखले अवलोकन गरेका छन् । चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार यो अवधिमा ९९ हजार २१९ जनाले चिडियाखानको अवलोकन गरेका छन् । यो सेवा शुरू हुनुअघि २०८१ वैशाख १५ देखि जेठ १५ गतेसम्म ८४ हजार ३३६ जनाले अवलोकन गरेको तथ्याङ्क छ ।

गएको वर्ष र यसपालीको तुलना गर्दा १४ हजार ८८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई झन्डै २५ लाख रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो ।

अवलोकनबाट उठ्ने शुल्कबाट चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।

अहिले चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई २००, विद्यार्थीलाई १३५, ज्येष्ठ नागरिकलाई १००, बालबालिकालाई ७५ रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै ‘सार्क’ देशका नागरिकलाई ५०० र विदेशी नागरिकलाई १००० रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरेको छ ।

चिडियाखानामा दैनिक औसतमा दुई हजार जनाले अवलोकन गर्ने गरेका छन् । चिडियाखानामा हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामसलगायत ठूला वन्यजन्तुदेखि दुर्लभ जीवजन्तु रहेका छन् ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu