ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी सेना प्रमुख र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता हुँदै


abc news
४ असार २०८२, बुधबार   १ : ३४   बजे

काठमाडौ ४ असार । अमेरिका भ्रमणमा रहनुभएका पाकिस्तानी सेना प्रमुख असीम मुनिर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज ह्वाइट हाउसमा भेट्ने कार्यक्रम रहेको छ । यस समयमा मिडियाको उपस्थित नहुने बीबीसीले जनाएको छ ।

पाकिस्तानी सेना प्रमुख मुनिर जुन १४ देखि अमेरिका भ्रमणमा रहनुभएको छ । ट्रम्पसँगको उहाँको भेट पहिले नै तय गरिएको थियो । यद्यपि ट्रम्प र मुनिरको भेट इरान र इजरायलबीच बढ्दो तनावको समयमा भइरहेको छ । इरान र पाकिस्तान छिमेकी देशहरू हुन् ।

इरानी मिडियाका अनुसार मुनिरले यही मे महिनाको अन्त्यमा इरानी सशस्त्र बलका प्रमुख मोहम्मद हुसेन बघेरीलाई भेट्नुभएको थियो । बघेरीको जुन १३ मा इजरायली हवाई आक्रमणमा ज्यान गएको थियो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग भेट गर्नुभएको छ । क्यानडाको निमन्त्रणामा जी–सेभेन शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदीले क्यानडा पुग्नुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले इन्स्टाग्राममार्फत प्रधानमन्त्री मार्क कार्नीसँग भेटवार्ता भएको जानकारी दिँदै जी–सेभेन शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा क्यानडा सरकारलाई बधाई दिनुभएको छ ।

साथै उहाँले भारत र क्यानडा लोकतन्त्र, स्वतन्त्रता र कानूनको शासनमा बलियो विश्वास जोडिएको उल्लेख गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले भारत–क्यानडा मित्रतालाई तीव्र बनाउन सँगै काम गर्न तयार रहेको बताउनुभएको छ ।

क्यानडाका प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा यस बैठकको क्रममा दुवै नेताहरूले नयाँ उच्चायुक्तहरूलाई मनोनयन गर्न सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group