ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको कुर्स्क पुनर्निर्माणमा सहयोग गर्न उत्तर कोरियाले हजारौं कामदार पठाउने


abc news
४ असार २०८२, बुधबार   ३ : ५८   बजे

काठमाडौ ४ असार । उत्तर कोरियाले रुसको युद्धग्रस्त कुर्स्क क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्न हजारौं कामदार पठाउने मस्कोका सुरक्षा प्रमुखले बताएका छन् ।

मङ्गलवार उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्नुभएका रुसी सुरक्षा परिषद्का सचिव सर्गेई शोइगुले यो तैनाथीलाई भाइचारा सहयोग भनेर वर्णन गर्नुभएको रुसी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

छिमेकी दक्षिण कोरिया र जापानले यो योजनाको तुरुन्तै निन्दा गरेका खबरमा उल्लेख छ । दक्षिण कोरियाले उत्तर कोरिया र रुसबीचको निरन्तर अवैध सहयोगमा गम्भीर चिन्ता रहेको बताएको छ । यस्तै जापानले यी घटनाक्रमहरूले युक्रेनी अवस्थालाई बिगार्ने र आफ्नो देश वरपरको क्षेत्रीय सुरक्षा वातावरणलाई असर गर्ने बताएको छ ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले बैठकमा किम र शोइगु दुवैले अन्य दीर्घकालीन योजनाहरूबारे पनि छलफल गरेका जनाएका छन् । यसअघि युक्रेनविरुद्धको रुसको युद्धलाई समर्थन गर्न उत्तर कोरियाले हजारौं लडाकू सेना र ठूलो मात्रामा परम्परागत हतियार आपूर्ति गरिसकेको छ ।

रुसी समाचार संस्था ‘तास’ ले शोइगुलाई उद्धृत गर्दै उत्तर कोरियाले कुर्स्क क्षेत्रको पुनर्स्थापनामा मद्दत गर्न निर्माणकर्ताहरूको एक डिभिजन, ५ हजार जनाको दुई सैन्य ब्रिगेडका साथै एक हजार जना डिमाइनर पठाउने बताएको छ ।

गएको वर्षको नोभेम्बरमा रुसले उत्तर कोरियासँग पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group