ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँबाट सोलुखुम्बु जाँदै गरेको बस ओखलढुङ्गामा दुर्घटना


abc news
४ असार २०८२, बुधबार   ४ : ०७   बजे

काठमाडौ ४ असार । काठमाडौँबाट सोलुखुम्बु तर्फ जाँदै गरेको यात्रु बाहक बस आज दिउँसो १ बजे ओखलढुङ्गामा दुर्घटना भएको छ।

सिद्धिचरण नगरपालिका वडा नम्बर ८ बजरङ्गे गाउँस्थित सेतीदेवी मन्दिर नजिकै बस दुर्घटना भएको हो। बाग्मती प्रदेश०१–००६ ख ५५८१ नम्बरको बस करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक मदन के।सी।ले जानकारी दिए।

घाइतेहरूमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका ३ की ५० वर्षीय कुमारी माया बुढाथोकी, बसका सहचालक ओखलढुङ्गा मानेभञ्जयाङ गाउँपालिका ३ उवुका २५ वर्षीय विनोद अधिकारी, अर्का सहचालक सिद्धिचरण नगरपालिका ८ लगलगेका २८ वर्षीय रोशन गिरी र सुनकोसी गाउँपालिका १ बल्खु बस्ने ४२ वर्षीय सहदेव गिरी घाइते भएका छन्।

सहचालक दुवै जनाको टाउकोमा चोट लागेको तथा अर्का दुई जनाको करङ तथा ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

निरन्तरको वर्षाको कारण चिप्लिएर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रहरीको अनुमान छ।

बसमा सवारमा घाइतेहरूलाई उपचारको लागि मेडिकल पोलिक्लिनिक रमाईलोडाँडा उपचार भइरहेको र उनीहरूको अवस्था तत्काल सामान्य रहेको प्रहरीले जनाएको छ।

बस चालक फरार रहेको, उक्त बस घटनास्थलबाट निकाल्ने पहल भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group