ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पलाई मोदीले भने- पाकिस्तानको मामलामा भारतले कहिल्यै मध्यस्थता स्वीकार गर्दैन


abc news
४ असार २०८२, बुधबार   ५ : ४०   बजे

काठमाडौ ४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाकिस्तानको मामलामा भारतले कहिल्यै मध्यस्थता स्वीकार नगर्ने बताएका छन्।

भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणको जबाफ पाकिस्तानमाथि आक्रमण गरेपछि गत महिना दुई देशबीच चार दिन युद्ध भएको थियो।

सुरूमा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिकी मध्यस्थतामा भएको वार्तापछि भारत र पाकिस्तान तत्कालै युद्धविरामका लागि सहमत भएको घोषणा गरेका थिए। तर, भारतीय विदेश सचिव विक्रम मिस्रीले भने पाकिस्तानका सैन्य अपरेसनका महानिर्देशकले भारतीय समकक्षीलाई फोन गरेपछि युद्ध रोकिएको बताएका थिए। यसरी, पाकिस्तानले पहिले पहल गरेको सन्देश मिस्रीले दिएका थिए।

पाकिस्तानले अमेरिकी मध्यस्थता स्वीकार गर्दै ट्रम्पलाई धन्यवाद दिएको थियो। तर, भारतले भने अहिलेसम्म आधिकारिक रूपमा त्यसलाई स्वीकार गरेको छैन। त्यसैको निरन्तरता स्वरूप मोदीले भारतले पाकिस्तानबारे कहिल्यै मध्यस्थता स्वीकार नगरेको, अहिले स्वीकार नगर्ने, र भविष्यमा पनि कहिल्यै स्वीकार नगर्ने बताएका छन्।

आइतबारदेखि सुरू भएको जी–७ राष्ट्रहरूको सम्मेलनमा भाग लिन क्यानडा गएका मोदीले मंगलबार ट्रम्पसँग फोनमा कुरा गर्दै सो कुरा बताएका हुन्।

इसराइल(इरान युद्धका कारण ट्रम्प सो सम्मेलन बीचमै छाडेर सोमबार अमेरिका फर्किएकाले मोदीको उनीसँग एक्ला(एक्लै भेट हुन पाएन।

मंगलबार ट्रम्पसँग ३५ मिनेट फोनमा कुराकानी गरेर मोदीले त्यसबारे ट्रम्पलाई स्पष्ट पारेको विदेश सचिव मिस्रीले जानकारी दिए।

सैन्य सञ्चालन रोक्ने बारेको छलफल भारत र पाकिस्तानबीच विद्यमान सैन्य च्यानलहरूमार्फत प्रत्यक्ष रूपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा थियो,ु भनेर मोदीले ट्रम्पलाई बताएको मिस्रीले खुलाए।

अमेरिकी मध्यस्थतामा युद्ध रोकिएको सार्वजनिक रूपमा स्वीकार समेत नगरेकोमा ट्रम्पले भने युद्धविराम भएको भोलिपल्ट कश्मीरको मामलामा समाधान खोज्न दुवैसँग मिलेर काम गर्ने बताएका थिए।

पाकिस्तानसँग युद्ध लगायतका द्विपक्षीय मामलामा समेत कसैको मध्यस्थता नचाहने भारतलाई उसले अभिन्न अंग भन्दै आएको जम्मू–कश्मिरबारे समेत मध्यस्थता गर्ने ट्रम्पको घोषणाले अप्ठेरो पारेको थियो।

ट्रम्पले त्यसपछि पनि युद्ध रोके अमेरिकाले भारतसँग व्यापार सम्झौता गर्ने भनेपछि भारत युद्धविरामका लागि राजी भएको दाबी गरेका थिए।

मोदीले पाकिस्तानसँग भएको युद्ध रोक्ने क्रममा भारत(अमेरिकाको व्यापारबारे केही पनि चर्चा नभएको पनि ट्रम्पलाई स्पष्ट पारेको मिस्रीले बताए।
यी सबै कुरामा मोदीले ट्रम्पसँगको कुराकानीमा नै भारतको आधिकारिक धारणा राखेका हुन्।

कुराकानीका क्रममा यही वर्ष भारतले आयोजना गर्ने क्वाड शिखर सम्मेलनका लागि मोदीले दिएको निम्तो पनि ट्रम्पले स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group