ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत सरकारको सहयोगमा गण्डकीका ७ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण


abc news
४ असार २०८२, बुधबार   ८ : ४३   बजे

पोखरा । भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य सङ्घ संस्थालाई ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच भारतीय दुतावास पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गरेका हुन् । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स दिइएको हो । बंगेलका अनुसार तनहुँका २ संस्थाले एम्बुलेन्स प्राप्त गरेका छन् । म्याग्दे गाउँपालिका स्थित मनपाङ हेल्थपोष्ट र आँबुखैरेनी अस्पताललाई एक–एक एम्बुलेन्स दिइएको छ ।

यस्तै, गोरखा जिल्ला अस्पताल र गोरखा वडा नम्बर ६ लाई छुट्टाछुट्टै वितरण गरिएको हो । एम्बुलेन्स हस्तान्तरणपछि बोल्दै पेन्सन वितरण कार्यालय पोखराका प्रमुख बघेलले गण्डकीसँगै धरान, काठमाडौ र वीरगञ्जमा समेत एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको नियमित प्रयोग, संरक्षण र मर्मत सम्भारमा ध्यान दिन समेत उनले आग्रह गरे । बघेलले दुई देशबिचको मित्रताको प्रतीक स्वरूप एम्बुलेन्स हस्तान्तरण गरेको बताए । एम्बुलेन्स स्थानीय जनसङ्ख्या र भारतीय सेनामा काम गरेकाहरूको सङ्ख्याका आधारमा एम्बुलेन्स दिइएको बताए । बगेलले आगामी दिनहरुम आवश्यकता र सिफारिसका आधारमा थप एम्बुलेन्स उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यसबाहेक पर्वतको आर्थर डाँडाखर्क हेल्थ पोष्ट, स्याङजाको गल्याङ नगर अस्पताल, म्याग्दीको बेनी अस्पताललाई पनि एम्बुलेन्स वितरण गरिएको पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भरत भूषण पाण्डेले जानकारी दिए । सातै वटा स्वास्थ्य संस्थालाई आवश्यक औषधीहरुसमेत प्रदान गरिएको छ । क्याम्पले गण्डकी प्रदेश भित्र शिक्षा, स्वास्थ्य पुर्वाधार र अन्य सामाजिक सास्कृतीक विषयहरुमा पनि सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group