ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, तीन विषयमा भयो यस्तो छलफल


abc news
४ असार २०८२, बुधबार   ९ : ०२   बजे

काठमाडौं, ४ असार । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबिच बालुवाटारमा झन्डै चार घण्टा छलफल भएको छ । बुधबार अपराह्न चार बजेदेखि झन्डै ८ बजेसम्म शीर्ष नेताहरूबिच मुलतस् सरकार सञ्चालन, संसद्को अवरोध र विधेयकहरूका बारेमा छलफल भएको हो ।

बालुवाटार बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दीपक खड्का सहभागी थिए ।

‘दुई दलको नियमित छलफल हो । छलफलका क्रममा सरकारका कामकारबाही र डेलिभरी कसरी प्रभावकारी बनाउने,संसद्को अवरोध खुलाएर विधेयकहरू कसरी चाँडो अघि बढाउने र बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ’, छलफलमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।

उनका अनुसार संसद्को फुल हाउस र समितिमा भएका विधेयकहरूलाई अघि बढाउनुपर्ने पक्षमा दुई दलका नेताहरू सहमत भएका छन् ।

यही असार १५ भित्र शिक्षा विधेयक पारित गर्ने सरकारले शिक्षकहरूसँग सहमति गरेको थियो तर उक्त विधेयक समितिमा छलफल नै भएको छैन । अर्कोतिर निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्थाले अघि बढ्न सकेको छैन । नेता खड्काले शीर्षकपिच्छे कुरा नभएपनि ती विधेयकहरू समेत अघि बढाउनेबारे छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group