ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेख पेट्रोल अन्वेषणः चीनले बुझायो प्रारम्भिक प्रतिवेदन


abc news
५ असार २०८२, बिहिबार   ७ : ३६   बजे

दैलेख, ५ असार । नेपाल सरकार र चीन सरकारवीच भएको सम्झौता अनुसार दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजा प्राप्त भएको छ ।

नेपाल सरकालाई बुझाइएको प्रारम्भिक प्रतिवेदनमा दैलेखको जलजलेमा मात्रै एक अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्नेगरी ग्याँस हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जानकारी दिए।

प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठूलो टेवा पुर्‍याउने आशा गरिएको छ । ड्रिलिङका बेला सङ्कलन गरिएका नमूनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो ।

दैलेखकै अन्य तीन स्थानमा मिथेन ग्याँसको भण्डारण भएको पनि प्रतिवेदनमा उल्लेख छ । चारवटा भण्डारणबाट ग्याँस प्रशोधन गर्न सकेको खण्डमा नेपाललाई ५० बर्षसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

दैलेखका बिभिन्न चारवटा स्थानमा करिब ४ सय ३० अर्ब घन मिटर मिथेन ग्याँस हुनसक्ने प्रारम्भिक प्रतिवेदनले देखाएको मन्त्रालयले जानकारी दिएको छ । अब दैलेखसँगै दाङ, पाल्पा र सुनसरीमा पनि परीक्षण गर्ने कार्यलाई मन्त्रालयले विशेष रूपमा अगाडी बढाउने तयारी गरेको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

चीनको जिओलोजिकल सर्वे कम्पनीले २०२५ को डिसेम्बरमा अन्तिम प्रतिवेदन दिने तयारी गरेको छ । रिपोर्ट सम्पन्न पश्चात् डिसेम्बर भित्र व्यावसायिक उत्पादन परीक्षण सम्पन्न गर्नेगरी सरकारले तयारी थालेको छ ।

प्रधानमन्त्री के।पी।शर्मा ओलिले तत्कालिन समयमा प्रधानमन्त्री हुँदा सन् २०१९ मा चीनसँग दैलेखको पेट्रोलियम अन्वेषणका लागि जिटुजी सम्झौता भएसँगै सुरु गरिएको कार्य निश्कर्षमा पुग्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group