ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्लड क्यान्सर पीडित सहिद पुत्र बचाउन उपराष्ट्रपति पुत्र दिपेशको सक्रियता, १८ लाख संकलन


admin
१५ चैत्र २०७४, बिहिबार   ४ : ४०   बजे

चितवन, १५ चैत । माडी गाउँपालिका–५, भाबाङ रोल्पाका ब्लड क्यान्सर पीडित सहिद पुत्र सन्तोष बुढामगरको उपचारका लागि १८ लाख भन्दा बढी रकम संकलन भएको छ । वडा सरकार र युवा समाजसेवीहरुको पहलमा चलाईको ‘सहिद पुत्र सन्तोष बचाउ अभियान’ अन्तर्गत १८ लाख १३ हजार ७८४ रुपियाँ संकलन भएको हो ।

सन्तोष बचाउ अभियानले बुधबारसम्म १४ लाख ५१ हजार रुपियाँ पीडित सन्तोषलाई हस्तान्तरण गरेको छ । बुधबार भरतपुर क्यान्सर अस्पतालमा पत्रकारहरुमाझ सन्तोष बचाउ अभियानको अगुवाई गरेका अखिल (क्रान्तिकारी)का उपाध्यक्ष एवम् उपराष्ट्रपति पुत्र दिपेश पुन, माडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष भरत बुढामगर, मनोज घर्तीमगर, मानसिंह विकलगायतले सामुहिक रुपमा १० लाख ६० हजार रुपियाँ सन्तोषलाई हस्तान्तरण गरेका छन् ।

भरतले सन्तोषलाई यसअघि ९ लाख ९१ हजार रुपियाँ दिईसकिएको र प्रतिबद्धता आएको बाँकी रकम केहीं दिनभित्रै संकलन गरेर हस्तान्तरण गरिने जानकारी दिए । ‘सहिदका छोरा बचाउने यो अभियानमा धेरै मनकारी साथीहरुले सहयोग गर्नुभएको छ’, रकम हस्तान्तरणपछि वडाध्यक्ष भरतले भने, ‘हामीलाई आशा छ, यो अभियानले सन्तोषको जीवन रक्षा हुनेछ ।’

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले जटिल रोग क्यान्सरको राज्यले निशुल्क उपचार नगर्दा आफूहरुले सहयोग अभियान चलाउनुपरेको बताए । ‘एउटा सहिदको छोरा आर्थिक अभावका कारण उसको जीवन संकटमा पर्छ की भन्ने अवस्था आयो,’ पुनले भने, ‘हामीले सहिदको छोराको जीवन रक्षाका लागि यो अभियान चलायौँं ।’ उनले क्यान्सरको उपचार राज्यले निःशुल्क गर्नुपर्ने बताए ।

सहयोग हस्तान्तरणको क्रममा अस्पतालको उपनिर्देशक डा. निर्मल लामीछाने, सन्तोषको उपचारमा संलग्न डा. शरणगुरु शाहले सन्तोषण्को उपचार सन्तोषजक भईरहेको बताए ।

सन्तोषको बुवाको जनयुद्धको क्रममा राज्य पक्षबाट मारिएका थिए । उनको श्रीमतिको एउटा मृगौलाले काम गर्न छाडेपछि दुईवर्ष अघि निकालिएको छ । उनी श्रीमतिको उपचारको क्रममा लागेको ऋण तिर्न तथा पारिवारिक खर्चको जोहो गर्न एक वर्षअघि साउदी अरब गएका थिए । विरामी हुँदै गएपछि नेपाल फर्केर उपचार गर्दा ब्लड क्यान्सर भएको पुष्टि भएको थियो ।

उनको तीन महिना यता भरतपुर क्यान्सर अस्पतालमा उपचार जारी छ । उनी उपचारका लागि ६ महिनासम्म अस्पतालमै बस्नुपर्ने र झण्डै २५ लाख खर्च हुने भएपछि आर्थिक अभावमा रहेका सन्तोष उपचारका लागि ‘सहिद पुत्र सन्तोष बचाउ’ अभियान चलाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group