ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती विधेयक अघि नबढाएपछि समिति सभापतिले रोस्ट्रमबाटै जनाए आपत्ति


abc news
५ असार २०८२, बिहिबार   ३ : ५८   बजे

काठमाडौ ५ असार । संघीय निजामती विधेयक अघि नबढाएको भन्दै प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आपत्ति जनाएका छन्। बिहीबारको संसद् बैठकमा नागरिकता ऐन संशोधन विधेयक पेस गर्नेक्रममा उनले निजामती विधेयक अघि नबढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘राज्य व्यवस्था तथा सुशासन समितिबाट हामीले पेस गरेको निजामती विधेयक पनि यहाँ आएर बसेको छ। कार्यसूचीमा आज प्रवेश गरेको देखिनँ,ु उनले भने, ुछिट्टै त्यो पनि कार्यसूचीमा आएर पारित हुने विश्वास मैले लिएको छु।’

उक्त विधेयक असार १ गते खतिवडाले नै प्रतिनिधिसभामा पेस गरेका थिए। मंगलबार पारित गर्ने गरी कार्यसूचीमा राखिए पनि कार्यसूचीमा प्रवेश नभई सभा स्थगित भयो। बिहीबार उक्त विषय कार्यसूचीमै राखिएन। त्यसपछि खतिवडाले आपत्ति जनाएका हुन्।

विधेयकमा कुलिङ पिरियडको विषयमा दलहरू र कर्मचारीहरूबीच एक मत बन्न सकेको छैन।

कर्मचारीले अवकाश भएलगत्तै संवैधानिक वा अन्य नियुक्ति पाउनुपर्ने र दुई वर्षको ग्याप राख्नुपर्ने विषयमा विवाद चर्किँदो छ। मुख्य सचिव एकनारायण अर्यालसहित उच्च पदस्थ कर्मचारीहरूले कुलिङ पिरियड राख्न नहुने पक्षमा छन्। उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साथ दिएका छन्। तर सत्ता साझेदार नेपादी कांग्रेस भने दुई वर्षे कुलिङ पिरिडको पक्षमा छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि विधेयक अघि बढाउन सरकारलाई आग्रह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu